काठमाडौं, २५ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि तोलामा १६० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।