काठमाडौं, २५ असार । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, व्यवसायीले भोगिरहेका चुनौती तथा तिनको समाधानका उपायबारे आज निर्माण व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।
छलफलमा निर्माण क्षेत्रका व्यावहारिक समस्या, आवश्यक नीतिगत सुधार तथा सरकार र निर्माण व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श हुने जनाइएको छ ।