स्वास्थ्य बिमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी

अनलाइनसमय |
१९ असार २०८३
स्वास्थ्य बिमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी

काठमाडौं, १९ असार । स्वास्थ्य बिमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । शुक्रबार जारी गरिएको सूचनाअनुसार उक्त रकम भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूका दाबी बक्यौता फछ्र्योट भएको हो ।

बोर्डका अनुसार सीमित स्रोत-साधन र संरचनागत चुनौतीका बीच पनि स्वास्थ्य बिमा कार्यक्रमले नागरिकको उपचार खर्च घटाउन तथा स्वास्थ्यसम्बन्धी वित्तीय जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यद्यपि दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी रकम समयमै भुक्तानी गर्न कठिनाइ भएको बोर्डले स्वीकार गरेको छ । यसबाट स्वास्थ्य संस्था र बीमित सेवाग्राही दुवैलाई असहज अवस्था सिर्जना भएको विषयप्रति बोर्ड जानकार रहेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस