तोलामा ६२ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१८ असार २०८३
तोलामा ६२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १८ असार । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी पनि तोलामा १८० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस