२४.६३ अंकले घट्यो नेप्से, ३ अर्ब २५ करोडको कारोबार

अनलाइनसमय |
१६ असार २०८३
२४.६३ अंकले घट्यो नेप्से, ३ अर्ब २५ करोडको कारोबार

काठमाडौं, १६ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ६३ अंकले घटेर दुई हजार ६०८ दशमलव ३३ बिन्दुमा कायम भएको हो ।

आज ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३५ धितोपत्रको शेयर मूल्य बढ्दा २३५ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६५ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार सर्वाधिक १ दशमलव ७४ प्रतिशतले घटेको छ ।

यसदिन हाइड्रोपावर १ दशमलव ४३, अन्य १ दशमलव ३१, उत्पादन तथा प्रशोधन १ दशमलव २, फाइनान्स १, होटेल तथा पर्यटन शून्य दशमलव ९३, लगानी शून्य दशमलव ७४, बैंकिङ शून्य दशमलव ७३, निर्जीवन बीमा शून्य दशमलव ६१, माइक्रोफाइनान्स र जीवन बीमाको समान शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव ३१ र विकास बैंक उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।

आज स्नो रिभर्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कर्पोरेट डेभलवमेन्ट बैंक १३ दशमलव ०४, स्वाभिमान लघुवित्त १० दशमलव ७ र र्सिजनशील लघुवित्तको शेयर मूल्य ७ दशमलव ३९ प्रतिशतले बढेको छ ।

यसदिन टक्सार खोला हाइड्रोपावर १४ दशमलव ०३, याम्बालिङ हाइड्रोपावार ८ दशमलव २३, सोपान फर्मास्यूटिकल्स ५ दशमलव ९, श्रीनगर एग्रीटेच इन्ड्रस्ट्रीज ५ दशमलव ४९ र पियर इनर्जीको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस