कारोबारको पहिलो दिन १६.६४ अंकले घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
१५ असार २०८३
कारोबारको पहिलो दिन १६.६४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, १५ असार । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६४ अंकले घटेर दुई हजार ६३२ दशमलव ९६ बिन्दुमा कायम भएको हो ।

आज ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ३ अर्ब ९४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २६ धितोपत्रको शेयर मूल्य बढ्दा २४२ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५१ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार सबै समूहको उपसूचक घटेको छ । यसदिन निर्जीवन बीमा सर्वाधिक १ दशमलव ३९ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटनको समान १ दशमलव १४, फाइनान्स १ दशमलव १३, लगानी शून्य दशमलव ८१, विकास बैंक शून्य दशमलव ७९, हाइड्रोपावर शून्य दशमलव ७२, जीवन बीमा शून्य दशमलव ६९, माइक्रोफाइनान्स शून्य दशमलव ५९, अन्य शून्य दशमलव ५१, व्यापार शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, याम्बालिङ हाइड्रोपावार, धौलागिरी लघुवित्त र टक्सार खोला हाइड्रोपावर रहेका छन् ।

आज स्वाभिमान लघुवित्त ५ दशमलव ८३, सोपान फर्मास्यूटिकल्स ४ दशमलव ५, एशियन हाइड्रोपावर ४ दशमलव ४, शिखर पावर डेभलवमेन्ट ३ दशमलव ७९ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस