रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

अनलाइनसमय |
१२ असार २०८३
रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्की भिड्ने भएका छन् ।
निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ ।

महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरुले ब्याक भएको बुझिएको छ ।

यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ । महामन्त्री उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना,गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।

यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन् ।
चितवनको भरतपुरमा जारी महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस