आज पनि स्थगित भयो प्रतिनिधि सभा बैठक

अनलाइनसमय |
१२ असार २०८३
आज पनि स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं, १२ असार । प्रतिनिधि सभा बैठक आज पनि स्थगित भएको छ । प्रतिनिधि सभाले शनिबार बिहान ११ बजेका लागि बस्ने गरी नयाँ सूचना जारी गरेको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सो समयमा बस्न नसक्ने भएकाले शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यसअघि बिहीबारका लागि बैठक बस्ने मिति तोकिएकोमा स्थगित भएको थियो ।

रास्वपाको महाधिवेशन अझै नसकिएकाले बैठक आज पनि शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।

यसअघि असार ५ गते रास्वपाकै महाधिवेशनलाई केन्द्रित गरेर संसद् बैठक ६ दिनका लागि पछाडि सारिएको थियो ।

731390384_2431493174029860_4221033697784973966_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस