राष्ट्रपति पौडेलले वैशाख २८ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

अनलाइनसमय |
२५ वैशाख २०८३
राष्ट्रपति पौडेलले वैशाख २८ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

राष्ट्रपतिको सम्बोधनका लागि वैशाख २८ गते अपराह्न ४ बजे तय गरिएको छ ।

यसका लागि सबै संसद् सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ । यस सम्बन्धी व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस