रायोको सागमा भेटियो अत्यधिक विषादी

अनलाइनसमय |
२५ वैशाख २०८३
रायोको सागमा भेटियो अत्यधिक विषादी

काठमाडौं, २५ वैशाख । रायोको सागमा अत्याधिक विषादी फेला परेको छ । मध्यपुर थिमी नगरपालिका, भक्तपुरबाट कालीमाटी ल्याएर बिक्रीका लागि राखिएको पसल नं. ३८१७ मा ५५ दशमलव ७२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको हो ।

शुक्रबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १३ पसलको १३ ओटा तरकारी तथा फलफूल परीक्षण गर्दा सागमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस