राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

अनलाइनसमय |
२२ वैशाख २०८३
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश औपचारिक रूपमा जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार मंगलबार सरकारको सिफारिसपछि उक्त अध्यादेश जारी गरिएको हो ।

यसअघि राष्ट्रपति पौडेलले सोही अध्यादेशमा पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए । तर सरकारले कुनै संशोधन नगरी पुरानै स्वरूपमा पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको बताइएको छ ।

पुनर्विचारका लागि अध्यादेश फर्काइएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपतिको कार्यालयमा लिखित जवाफसमेत पेश गरेका थिए । यसबीच राष्ट्रपतिले अध्यादेश जारी गर्ने निर्णयअघि कानुनविद्हरूसँग समेत परामर्श गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस