आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

अनलाइनसमय |
२२ वैशाख २०८३
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ वैशाख । आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

विभागले सूचना जारी गर्दै आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरीबाट जोगिने उपायहरू अपनाउन विभागले सबैलाई अनुरोध समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस