कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनीत

अनलाइनसमय |
१६ वैशाख २०८३
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनीत

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसले कमला पन्तलाई राष्ट्रिय सभा दल नेता चयन गरेको छ ।

उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने विधानको व्यवस्था छ ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनीत गरिएको हो ।

यस्तै प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनीत भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस