मधेश प्रदेश सभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य

अनलाइनसमय |
११ वैशाख २०८३
मधेश प्रदेश सभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य

काठमाडौं, ११ वैशाख । मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मधेश प्रदेश प्रमुखको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएको छ ।

मन्त्रिपरिषद्को वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस