रास्वपाले तोक्यो लेबी, कसलाई कति ?

अनलाइनसमय |
३ वैशाख २०८३
रास्वपाले तोक्यो लेबी, कसलाई कति ?

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रधानमन्त्री, मन्त्री, सांसद तथा उनीहरूका स्वकीय सचिवबाट मासिक लेबी उठाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो प्रस्ताव पारित गरेको हो । पार्टीको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५ सय रुपैयाँ र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ पार्टी कोषमा जम्मा गर्नुपर्ने छ ।

यसअघि नै पार्टीले सांसदहरूलाई स्वकीय सचिव राख्ने कि नराख्ने भन्ने विषयमा स्पष्ट निर्णय गरिसकेको छैन ।

पार्टीका अनुसार हाल रास्वपाका १८२ जना सांसद छन् भने १६ जना मन्त्री रहेका छन् । यो निर्णयबाट पार्टीको आर्थिक स्रोत मजबुत बनाउने लक्ष्य रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस