परराष्ट्रमन्त्रीसँग नेपालका लागि जापानका राजदूत तोरूको शिष्टाचार भेट

अनलाइनसमय |
२ वैशाख २०८३
परराष्ट्रमन्त्रीसँग नेपालका लागि जापानका राजदूत तोरूको शिष्टाचार भेट

काठमाडौं, २ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरूसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–जापान सम्बन्ध तथा सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस