पूर्णबहादुर खड्कालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

अनलाइनसमय |
२ वैशाख २०८३
पूर्णबहादुर खड्कालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो सचिव दिनेश थापामगरले जानकारी दिए ।

खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक पटक विज्ञप्ति जारी गर्दै आएका थिए । उनलाई कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी नगर्न यसअघि अनुशासन समितिले सचेत गराए पनि चैत ३० गते फेरि विज्ञप्ति जारी गरेका थिए ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२÷१२÷१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत बक्तब्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो,’ अनुशासन समितिले भनेको छ ।

तर, अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि नेता खड्काले चैत ३० गतेका दिन ’नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु’ भनी खड्काले विज्ञप्ति जारी गरेका थिए ।

साथै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरिएको उनले बताए । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नगरिने उनले बताए ।

May be an image of map and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस