casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आफू मारिएको हल्ला इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले सार्वजनिक गरे भिडिओ सन्देश

अनलाइनसमय |
२ चैत २०८२
आफू मारिएको हल्ला इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले सार्वजनिक  गरे भिडिओ सन्देश

काठमाडौं, २ चैत । इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन् ।

इरानकै सरकारी सञ्चारमाध्यमहरुले इसराइली प्रधानमन्त्री नेतन्याहू मारिएको वा घाइते भएको भनेर हल्ला चलाएपछि आइतबार उनले कफी पिइरहेको र आफ्ना सहयोगीसँग कुराकानी गरिरहेको भिडियो सार्वजनिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहूले आफ्नो टेलिग्राम खातामार्फत भिडिओ सार्वजनिक गरेका हुन् । उक्त भिडियो जेरुशलमको बाहिरी क्षेत्रमा रहेको एक क्याफेमा खिचिएको छ ।

भिडियोमा उनका सहयोगीले अफवाहबारे सोध्छन् । त्यसको जवाफमा नेतान्याहुले ‘मरेको’ शब्दलाई लिएर मजाक गर्छन्—हिब्रु भाषाको स्ल्याङमा यो शब्द कसैप्रति वा कुनै कुराप्रति अत्यन्तै मोहित भएको अर्थमा पनि प्रयोग गरिन्छ—र कफीको कप समात्दै प्रतिक्रिया दिन्छन् ‘म कफीप्रति पागल छु । थाहा छ ? म आफ्ना जनताप्रति पनि पागल छु,’ नेतान्याहुले सहयोगीलाई भन्छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि नेतान्याहुले इरानी मिसाइलले प्रहार गरेका कम्तीमा दुई सहर, एक अस्पताल, बन्दरगाह तथा सैन्य आधारहरूको भ्रमण गरिसकेका छन् । तर ती भ्रमणमा सञ्चारमाध्यमको पहुँच अत्यन्त सीमित वा शून्य थियो । तीभिडियोहरू उनको कार्यालयमार्फत मात्र वितरण गरिएको थियो ।

इजरायली सञ्चारमाध्यमलाई विरलै अन्तर्वार्ता दिने वा पत्रकार सम्मेलन गर्ने नेतान्याहुले युद्ध सुरु भएपछि पहिलो पटक बिहीबार भिडियो लिंकमार्फत पत्रकार सम्मेलन गरेका थिए । यसअघि उनले जुन महिनामा इरानसँग भएको १२ दिन लामो युद्धका क्रममा पनि यही शैली प्रयोग गरेका थिए ।

युद्ध सुरु भएदेखि इजरायलमा लागू गरिएको आपतकालीन सुरक्षा प्रतिबन्धका कारण सार्वजनिक भेला निषेध गरिएको छ । धेरै मानिसहरू घरमै वा आश्रयस्थल तथा सुरक्षित कोठानजिकै बसिरहेका छन्, र देशका अधिकांश स्थानमा विद्यालयहरू पनि बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun