casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बंगलादेशमा बिएनपीलाई बहुमत, १७ वर्षपछि तारिक रहमान प्रधानमन्त्री बन्दै

अनलाइनसमय |
१ फागुन २०८२
बंगलादेशमा बिएनपीलाई बहुमत, १७ वर्षपछि तारिक रहमान प्रधानमन्त्री बन्दै

काठमाडौं, १ फागुन । बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) ले शुक्रबार सम्पन्न संसदीय निर्वाचनमा भारी बहुमतसहित जित हासिल गरेको । यो महत्वपूर्ण निर्वाचनले दक्षिण एशियाली राष्ट्रमा राजनीतिक स्थिरता पुनःस्थापना हुने अपेक्षा गरिएको छ ।

बिहीबार सम्पन्न उक्त संसदीय निर्वाचन सन् २०२४ मा ‘जेन–जेड’ युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि भएको पहिलो मतदान हो, जसले लामो समयदेखि सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो ।

१७५ मिलियन जनसंख्या भएको मुस्लिम बहुल देशमा महिनौँसम्म चलेको हसिना विरोधी आन्दोलनले जनजीवन अस्तव्यस्त बनाएको थियो । यो निर्वाचन ३० वर्षमुनिका युवाहरूले नेतृत्व गरेका पछिल्ला क्षेत्रीय आन्दोलनपछि भएको पहिलो राष्ट्रिय मतदान पनि हो । नेपालमा पनि आगामी महिना निर्वाचन हुने तयारी छ ।

मत सर्वेक्षणहरूले बीएनपीलाई अग्रता दिएको थियो र परिणाम पनि त्यसैअनुसार आएको छ । जमुना टिभीका अनुसार बीएनपी नेतृत्वको गठबन्धनले ३०० सदस्यीय राष्ट्रिय संसद (जातीय संसद) मा २०९ सिट जित्दै दुई–तिहाइभन्दा बढी बहुमत हासिल गरेको छ ।

रातभरि मतगणना सम्पन्न भएपछि बहुमत सुनिश्चित गरेलगत्तै पार्टीले जनतालाई धन्यवाद दिँदै देश र जनताको कल्याणका लागि शुक्रबार विशेष प्रार्थना गर्न आह्वान गरेको छ ।

“राष्ट्रिय संसदीय निर्वाचनमा ठूलो मतान्तरले जित हासिल गरे पनि बीएनपीले कुनै उत्सव ¥याली वा जुलुस आयोजना गर्ने छैन,” पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ । देशभरका मस्जिद, मन्दिर, चर्च र विहारमा प्रार्थना गर्नसमेत आह्वान गरिएको छ ।

बीएनपीका नेता तथा सम्भावित प्रधानमन्त्री उम्मेदवार ६० वर्षका तारिक रहमान हुन् । उनी पूर्व प्रधानमन्त्री खालिदा जिया र पूर्व राष्ट्रपति जियाउर रहमानका छोरा हुन् । १७ वर्ष बेलायत निर्वासनमा रहेका तारिक रहमान गत पुसमा बंगलादेश फर्किएका थिए ।

बीएनपीको चुनावी प्रतिबद्धतामा गरिब परिवारलाई आर्थिक सहयोग, कुनै व्यक्तिलाई अधिकतम १० वर्षसम्म मात्र प्रधानमन्त्री बन्न दिने व्यवस्था, वैदेशिक लगानीमार्फत अर्थतन्त्र सुदृढ गर्ने, तथा भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्ने वाचा समावेश छन् ।

बीएनपीका प्रमुख प्रतिद्वन्द्वी इस्लामवादी दल जमात–ए–इस्लामीका प्रमुख शफीकुर रहमानले पराजय स्वीकार गरेका छन् । जमात नेतृत्वको गठबन्धनले ६८ सिट मात्र जितेको छ ।

रहमानले केबल विरोधका लागि विरोध नगर्ने बताएका छन् । “हामी सकारात्मक राजनीति गर्नेछौँ,” उनले सञ्चारकर्मीसँग भने
युवाअभियन्ताहरूको नेतृत्वमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी)ले हसिनालाई हटाउन महत्वपूर्ण भूमिका खेलेको थियो । यो पार्टी जमात नेतृत्वको गठबन्धनमा आबद्ध थियो, उसले लडेका ३० सिटमध्ये केवल ५ सिट जितेको छ ।

भारी बहुमतको परिणाम आए पनि यो निर्वाचनलाई पछिल्ला वर्षहरूमा भएको पहिलो वास्तविक प्रतिस्पर्धात्मक चुनाव मानिएको छ । हसिनाको अवामी लिग पार्टीले १५ वर्षभन्दा बढी समय शासन गरेको थियो । यो पार्टीलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्धित गरिएको थियो ।
यसैगरी, शेख हसिना हाल दीर्घकालीन सहयोगी भारतमा स्व–निर्वासनमा छिन् । यसले ढाका र नयाँ दिल्लीबीच सम्बन्धमा चिसोपना ल्याएको छ र चीनलाई बंगलादेशमा आफ्नो प्रभाव विस्तार गर्ने अवसर दिएको छ ।

मतदान केन्द्रहरू बन्द भएपछि जारी विज्ञप्तिमा हसिनाले उक्त निर्वाचनलाई पूर्व नियोजित नाटक भन्दै आलोचना गरेकी छिन् । उनले आफ्नो पार्टीलाई सहभागी हुन नदिई वास्तविक जनसहभागिताविना चुनाव गराइएको दाबी गरेकी छन् ।

“हामी मतविहीन, अवैध र असंवैधानिक निर्वाचन खारेज गर्न माग गर्छौँ,” आगामी लिगमाथि लगाइएको गतिविधि निलम्बन हटाउन र तटस्थ कार्यवाहक सरकारमार्फत स्वतन्त्र, निष्पक्ष र समावेशी निर्वाचनको व्यवस्था गरी जनताको मताधिकार पुनःस्थापना गर्न माग गर्छौँ,” उनले भनिन् ।

हसिनाका आलोचकहरूले भने उनको शासनकालमा भएका निर्वाचनहरू बहिष्कार र डरधम्कीले प्रभावित हुने गरेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun