casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अमेरिकामा टिकटक प्रतिबन्धको जोखिम टर्‍यो, संयुक्त उद्यमको औपचारिक स्थापना

अनलाइनसमय |
९ माघ २०८२
अमेरिकामा टिकटक प्रतिबन्धको जोखिम टर्‍यो, संयुक्त उद्यमको औपचारिक स्थापना

काठमाडौं, ९ माघ । टिकटकको अमेरिकी सम्पत्ति अधिग्रहण गर्न बनेको संयुक्त उद्यम औपचारिक रूपमा स्थापना भएको छ, साथै यसले आफ्नो नेतृत्व टोलीको घोषणा समेत गरेको सिएनएनमा उल्लेख छ ।

कम्पनीका अनुसार, चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सम्पत्ति अलग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको समयसीमाभन्दा एक दिनअघि यो घोषणा गरिएको हो ।

यो सम्झौता पूरा भएसँगै अमेरिकामा टिकटकको दीर्घकालीन भविष्य सुरक्षित गर्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम पैदा गर्न सक्छ भन्ने चिन्तालाई सम्बोधन गर्ने वर्षौं लामो प्रयास टुंगिएको छ ।

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ, “अधिकांश स्वामित्व अमेरिकीहरूको रहेको यो संयुक्त उद्यमले कडा सुरक्षात्मक व्यवस्था अन्तर्गत काम गर्नेछ, जसमा अमेरिकी प्रयोगकर्ताहरूका लागि डेटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन तथा सफ्टवेयर सुरक्षाका व्यवस्था समावेश छन् ।”

यस संयुक्त उद्यमको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) एडम प्रेसरले गर्नेछन् । उनले यसअघि अमेरिकामा प्रयोगकर्ताको डेटा सुरक्षित गर्ने टिकटकको प्रयासको नेतृत्व गरेका थिए । त्यस्तै, प्रमुख सुरक्षा अधिकृत (चिफ सेक्युरिटी अफिसर)मा विल फ्यारेल जोडिएकाछन्, उनले गोपनीयता र सुरक्षासम्बन्धी कामको नेतृत्व गरेका थिए ।

यसको निगरानी एक बोर्डले गर्नेछ, जसमा टिकटक अमेरिकाका सीईओ शौ च्यु, ओरेकलका प्रमुख कार्यकारी अधिकृत कार्यालयका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुक, लगानी कम्पनी सस्क्वेहाना इन्टरनेसनल ग्रुप, निजी इक्विटी कम्पनी सिल्भर लेक तथा एमिराती लगानी कम्पनी एमजीएक्सका प्रतिनिधिहरू लगायत रहनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहकार्य गरेको र अन्ततः सम्झौतालाई स्वीकृति दिएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा भनेका छन्, “उहाँ चाहनु भए अर्कै निर्णय लिन सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, र उहाँको निर्णयका लागि प्रशंसा गरिन्छ ।”

चिनियाँ सरकारले भने सम्झौताको अन्तिम संरचनाबारे प्रत्यक्ष रूपमा कुनै प्रतिक्रिया दिएको छैन । सीएनएनले यस विषयमा प्रतिक्रिया लिन चीनको वाणिज्य मन्त्रालयसँग सम्पर्क गरेको जनाएको छ ।

ट्रम्पले टिकटकलाई बचाउन सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको पनि बताएका छन् । उनले सम्झौतालाई “धेरै नाटकीय, अन्तिम र सकारात्मक निष्कर्ष” सम्म पु¥याउन भूमिका खेलेका आफ्ना प्रशासनका सदस्यहरूलाई धन्यवादसमेत दिएका छन् ।

अमेरिकामा टिकटकसम्बन्धी विवाद ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको थियो, जब उनले एप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले टिकटकको अमेरिकी संस्करणलाई यसको मूल कम्पनी बाइटडान्सबाट अलग गर्नुपर्ने, नत्र अमेरिकामा प्रतिबन्ध लगाइने कानुनमा हस्ताक्षर गरेपछि यो विषय झनै चर्किएको थियो । ट्रम्पको दोस्रो कार्यकालमा भने, टिकटकको अमेरिकी सञ्चालन अमेरिकी स्वामित्वमा हस्तान्तरण गर्ने सम्झौता खोज्ने क्रममा उनले सो कानुनको कार्यान्वयन बारम्बार ढिलाइ गर्दै आएका छन् ।

सम्झौताअनुसार टिकटकको अमेरिकी प्रयोगकर्ताको डेटा र यसको अधिकांश अमेरिकी सञ्चालनको नियन्त्रण नयाँ संयुक्त उद्यमलाई दिइएको छ । उक्त संयुक्त उद्यमको ५० प्रतिशत स्वामित्व ओरेकल, निजी इक्विटी कम्पनी सिल्भर लेक र एमिराती समर्थन प्राप्त लगानी कम्पनी एमजीएक्स सम्मिलित लगानी समूहसँग हुनेछ । टिकटकका सीईओ शौ च्युले गएको महिना कर्मचारीलाई पठाएको मेमोअनुसार, करिब ३० प्रतिशतभन्दा बढी हिस्सा बाइटडान्सका केही हालका लगानीकर्तासँग सम्बन्धित संस्थाहरूसँग रहनेछ भने १९.९ प्रतिशत हिस्सा बाइटडान्सले नै राख्नेछ ।

नयाँ संस्थाले अमेरिकी प्रयोगकर्ताको डेटामा आधारित भएर टिकटकको एल्गोरिदम पुनः तालिम (रिट्रेन) गर्ने योजना बनाएको छ । अमेरिकीहरूको डेटा भण्डारणको जिम्मेवारी ओरेकलले लिनेछ । साथै, अमेरिकी प्रयोगकर्ताका लागि सामग्री नियमन (कन्टेन्ट मोडरेसन) गर्ने जिम्मा पनि यही संयुक्त उद्यमको हुनेछ । तर, बाइटडान्सको नियन्त्रणमा रहेको विश्वव्यापी टिकटक संस्थाले भने नयाँ अमेरिकी प्लेटफर्ममा ई–कमर्स, विज्ञापन र मार्केटिङ व्यवस्थापन गर्नेछ ।

यसको अर्थ, अमेरिकी प्रयोगकर्ताले एप प्रयोग गर्दा बाहिरी रूपमा ठूलो परिवर्तन देख्ने सम्भावना कम छ । तर, नयाँ स्वामित्व समूहले नियन्त्रण सम्हाल्दै जाँदा प्रयोगकर्तालाई कुन भिडियो देखाइन्छ भन्ने निर्धारण गर्ने एल्गोरिदममा केही परिवर्तन आउन सक्छ ।

गत वर्षको शरद ऋतुमा सम्झौतालाई स्वीकृति दिँदा ट्रम्पले कारोबार अन्तिम रूप दिन जनवरी २३ को समयसीमा दिएका थिए। टिकटकले उक्त सम्झौतामा गएको महिना हस्ताक्षर गरेको हो । सिएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun