casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ट्रम्पले रोके अमेरिकाको डीभी लटरी

अनलाइनसमय |
४ पुष २०८२
ट्रम्पले रोके अमेरिकाको डीभी लटरी

काठमाडौं, ४ मंसिर । आप्रवासी नीतिमा कडाइ गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका ग्रिन कार्ड चिट्ठा कार्यक्रम (डीभी) स्थगित गरेको बताएका छन् ।

कम आप्रवासन दर भएका देशका नागरिकलाई स्थायी बसोबासका लागि आवेदन अनुमति दिने डाइभर्सिटी भिसा (डीभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो । ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटी मन्त्री क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई कार्यक्रम रोक्न भनिएको बताइन् ।

उत्तरपूर्वी क्षेत्रका ब्राउन विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) सँग सम्बन्धित तीन हत्याका घटनामा संलग्न रहेको आशंका गरिएका बन्दुकधारी उक्त प्रणालीमार्फत अमेरिका प्रवेश गरेको दाबी गरिएको छ ।

नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेकी छन्, ‘ब्राउन विश्वविद्यालयमा गोली चलाउने क्लाउडियो म्यानुएल नेभ्स भालेन्ते सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए र उनलाई ग्रीन कार्ड प्रदान गरिएको थियो । यस्तो जघन्य अपराधीलाई हाम्रो देशमा कहिल्यै प्रवेश दिनु हुँदैनथ्यो ।’

नोएमले यो स्थगन कति समयसम्म रहनेछ वा डीएचएसले कुन कानुनी प्रक्रियाअन्तर्गत यो निर्णय लिएको हो भन्नेबारे कुनै विवरण भने राखेकी छैनन् ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) को वेबसाइटअनुसार विविधता आप्रवासी भिसा कार्यक्रमले प्रत्येक वर्ष अधिकतम ५० हजार आप्रवासी भिसा उपलब्ध गराउँछ ।

गत जनवरीमा दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि ट्रम्पले अनियमित आप्रवासीहरूमाथि विवादास्पद कडाइ अभियान सुरु गरेका छन् । यस क्रममा कानुनी रूपमा अमेरिकामा रहेका केही व्यक्तिहरू पनि प्रभावित भएका छन् । साथै, उनले शरणार्थी कार्यक्रम तथा केही देशबाट हुने प्रवेशलाई पनि कडा बनाएका छन् ।

डीभी लटरीलाई प्रायः ग्रीन कार्ड चिट्ठा भनिन्छ । यसले प्रत्येक वर्ष ५५ हजारसम्म आप्रवासी भिसाहरू उपलब्ध गराउँछ । यी भिसाहरू अमेरिकामा आप्रवासनको न्यून स्तर भएका देशका आवेदकहरूलाई गोलाप्रथा प्रक्रियामार्फत जारी गरिन्छ । यस कार्यक्रममा नेपालसहित धेरै देशका नागरिकमा उच्च चासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun