casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

अनलाइनसमय |
२४ मंसिर २०८२
अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

काठमाडौं, २४ मंसिर । अष्ट्रेलियामा आज (बुधबार राति)देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अधिकांश सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइएको छ । संसारमै पहिलोपटक गरिएको यो प्रतिबन्धपछि फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स, युट्युब र रेडिटजस्ता प्लेटफर्म अब उमेर प्रमाणित गरेपछि मात्रै प्रयोग गर्न मिल्नेछन् । अनलाइन गेमिङ र मेसेजिङ एप (ह्याट्स्याप) भने खुला रहनेछन् ।

सरकारले यी नियम पालना गराउने जिम्मा कम्पनीहरूलाई नै दिएको छ । तोकिएको नियम नमानि प्रयोग गरेको अवस्थामा ४९.५ मिलियन अष्ट्रेलियाली डलरसम्म जरिवाना गरिन सक्ने डीडब्ल्यू डटकमले जनाएको छ । तर नियम तोड्ने बालबालिका वा अभिभावकलाई भने सजाय नहुने स्पष्ट गरिएको छ ।

उमेर प्रमाणित गर्न धेरै ठाउँमा सरकारी परिचयपत्र, अनुहार वा आवाज पहिचान तथा अन्य डिजिटल आईडी मागिनेछ । सरकारका अनुसार यसले बालबालिकालाई सामाजिक सञ्जालमा देखिने जोखिम र दबाबबाट जोगाउन मद्दत गर्नेछ ।

प्रधानमन्त्री एन्टोनी अल्बानीजले सामाजिक सञ्जाललाई ‘क्यान्सरजस्तो समस्या’को संज्ञा दिँदै ‘बालबालिका खेलमैदानमा समय बिताओस्, फोनमा होइन’ भनेका छन् ।

यद्यपि बालबालिकाका प्रतिक्रिया भने फरक छन् ।

किशोर–किशोरीले अदालतमा चुनौती

१४ वर्षीया मेसी न्यूल्याण्ड र १५ वर्षीय नोआ जोन्सले यो कानुन संविधानविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिएका छन् । मेसीका अनुसार सरकारले बालबालिकासँग कुनै छलफल नगरी अधिकार र सूचनामा पहुँच खोसेको छ ।

उनले भनिन्, ‘१६ वर्ष नभएसम्म सामाजिक बहसमा सहभागी हुन नपाउनु गलत हो। यसले लोकतान्त्रिक सहभागिता नै रोक्छ ।’

एक सर्वेक्षणमा १७ हजारभन्दा बढी किशोर–किशोरीमध्ये ७५ प्रतिशतले प्रतिबन्ध छलेर प्रयोग गर्ने बताए । ९ प्रतिशतले समर्थन गरे भने ६ प्रतिशतले मात्र यो काम गर्छ भन्ने विश्वास राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun