casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव

अनलाइनसमय |
५ मंसिर २०८२
खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव

काठमाडौं, ५ मंसिर । मुलुकमा खानेपानी तथा सरसफाईका नीति, योजना र सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित समारोहमा खानेपानी मन्त्रालयका सचिब प्रमिला देबी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाई क्षेत्रमा भएको लगानीले स्वास्थ्य क्षेत्रमा समेत गुणात्मक लाभ हासिल गर्न सकिने भएकाले खानेपानी तथा सरसफाई सेवामा नागरिकको पहुँच तथा संचालनको दिगोपना तर्फ ध्यान केन्द्रित गर्न विभागलाई निर्देशन दिए ।

सचिब शाक्यले देशमा विकसित नयाँ परिस्थितिलाई ध्यानमा राखी बहुबर्षीय तथा बहुआयामिक आयोजनामा केन्द्रित हुन आग्रह गर्दै विपद्बाट क्षतिग्रस्त आयोजनाहरु पुनर्निर्माण गरी संचालनमा ल्याउन मन्त्रालयले विशेष पहल गर्ने जानकारी दिए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठले तराई मधेशको प्रमुख चुनौतीको रुपमा रहेको भूमिगत जलस्रोत व्यवस्थापनलाई बहुपक्षीय रुपमा अगाडि बढाउने गरी खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयवीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै सुनकोशी मरिन थोक वितरण प्रणालीलाई विभागले प्राथमिकतामा राखेको जानकारी दिए ।

महानिर्देशक श्रेष्ठले विगतका पारम्परिक अवधारणालाई क्रमशः नयाँ आयाम प्रदान गर्दै जलाशययुक्त आयोजना तथा जलवायु अनुकूलनलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

उनले सबै नागरिकको पहुँचमा सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी पु¥याउन बिभागले बजेट, प्राविधिक क्षमता र संस्थागत सुधारका क्षेत्रमा जोड दिँदै आएको र आगामी दिनमा वैज्ञानिक महशुल प्रणाली, पानी स्रोत संरक्षण, गुणस्तर अनुगमन र सुधारलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

खानेपानी तथा सरसफाइ महशुल निर्धारण आयोगका अध्यक्ष रुद्र प्रसाद गौतमले खानेपानी तथा सरसफाई नियमावली, २०८१ बमोजिम खानेपानीको महसुल निर्धारण, कार्य सम्पादन सूचक तथा सम्बन्धित विषयमा सचेतना अभिवृद्धि र नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभाग र महशुल निर्धारण आयोगबीचको समन्वय एवम् सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजीक्षेत्रले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको २ प्रतिशत योगदानलाई खानेपानी क्षेत्रमा उपयोग गरी सार्वजनिक–निजी साझेदारीलाई सुदृढ गर्न निजीक्षेत्र इच्छुक रहेको जानकारी दिए ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक माधव प्रसाद अधिकारीले स्वागत मन्तव्य गर्नुभएको थियो भने विभागका उपमहानिर्देशक नारायण प्रसाद आचार्यले विभागको स्थापनाकालदेखि हालसम्मको प्रगति तथा आगामी कार्यदिशाबारे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा प्रत्येक प्रदेशबाट खानेपानी तथा सरसफाई क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेवा प्रदायक संस्थाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

सम्मानित हुने संस्थामा कोशी प्रदेशबाट उर्लाबारी खानेपानी तथा सरसफाइ संस्था (मोरङ), मधेसबाट सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (बारा), बागमतीबाट लुभु खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (ललितपुर), गण्डकीबाट शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (पर्वत), लुम्बिनीबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (दाङ), कर्णालीबाट शुभाघाट खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (सुर्खेत), सुदूरपश्चिमबाट शिवनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था (कैलाली) तथा बागमती प्रदेशबाट ज्वालामुखी ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड (धादिङ) गरी कुल आठ वटा सेवा प्रदायक संस्था रहेका छन् ।

सोही अवसरमा खानेपानी तथा सरसफाई क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै विभागबाट गतवर्ष सेवा निवृत्त भएका उपमहानिर्देशक द्वय जक्की अहमद अन्सारी र रामचन्द्र काफ्ले, सिनियर डिभिजनल ईन्जिनियर सुमन कर्माचार्य, किशोर पन्थी र राम उद्गार यादव तथा इञ्जिनियर सुनबहादुर गोपालीलाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा खानेपानी मन्त्रालयका सहसचिव, पूर्वसहसचिवहरू, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता समिति, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले ५४ वर्षको यात्रामा शहरी तथा ग्रामीण क्षेत्रका खानेपानी पूर्वाधार विकास, सरसफाइ प्रवद्र्धन, पानी स्रोतको दिगोपन र गुणस्तर मापदण्ड कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
आगामी वर्षहरूमा संघीय संरचना अनुसार समन्वय, प्रविधिमैत्री सेवा तथा सबैका लागि दिगो पानी तथा सरसफाई सुनिश्चित गर्न विभाग प्रतिवद्ध छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun