casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी आन्दोलनमा गोली चलाउने आदेश कसैले नदिएको आईजीपी खापुङको दाबी

अनलाइनसमय |
२१ कार्तिक २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश कसैले नदिएको आईजीपी खापुङको दाबी

काठमाडौं, २१ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनामा प्रहरीले गोली चलाएको आदेश कसैले नदिएको बताएका छन् । इमेज च्यानलको कार्यक्रम ‘हटसिट’मा बिहीबार दिएको अन्तर्वार्तामा खापुङले सो घटना तत्कालीन तनावपूर्ण परिस्थितिको परिणाम भएको बताएका हुन् ।

‘गोली चलाउने आदेश कसैले दिएको होइन, प्रहरी न्यूनतम बल प्रयोग गर्ने तयारीमै थियो,’ उनले भने, ‘स्थिति नियन्त्रण बाहिर गयो, परिस्थिति अनुसार गोली चल्यो, आदेश दिने कुरा हुँदैन, सबैले आफ्नो जिम्मेवारी कानुन अनुसार पूरा गरेका हुन् ।’

यद्यपि ती घटनाको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि लगाइँदै आइरहेको बेला आईजीपी खापुङले परिस्थिति नियन्त्रण बाहिर गएपछि मात्र बल प्रयोग भएको समेत उल्लेख गरे ।

प्रहरीले प्रदर्शन शान्तिपूर्ण होस् भनेर तीनकुनेदेखि एभरेस्ट होटेलसम्मको बिचमा कुनै ब्यारिकेट नराखेको र अन्तिम ब्यारिकेट नै एभरेस्ट अगाडि राख्नुको कारण बल प्रयोग गर्नुपर्यो भने पनि न्यूनतम बल प्रयोगको रणनीति भएको उनले सुनाए ।

आन्दोलनमा करिब २० हजार जति उपस्थित हुने आकलन गरेको बताउँदै खापुङले युथहरूले आव्हान गरेको आन्दोलनमा आक्रोश भएको र यो आन्दोलनको उद्देश्य सामाजिक सञ्जाल बन्दको विरोधमा मात्र आव्हान नभएको उल्लेख गरे । ‘१५ देखि २० हजार जति प्रदर्शनकारी आउँन सक्छन्, र उहाँहरूको शान्तिपूर्ण आन्दोलनको कमेन्टमेन्टसहित जिल्ला प्रशासनमा निवेदन थियो,’ उनले भने, ‘त्यो मासले आगजनी, तोडफोड र संसद भवन नै जलाउँछन् भन्ने क्याल्कुलेसन गरेका थिएनौं ।’ आन्दोलनमा केही घुसपैठ, सामान्य तोडफोड, मुठभेड हुनसक्ने पूर्वानुमान रहे पनि त्यो हदसम्मको घटना हुने अनुमान नगरेको उनको भनाइ छ ।

संसद भवनलगायत ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको उनले बताए । संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको उनले सुनाए । ‘कमान्डफोर्सलाई कानुन अनुसार विशेष अधिकार हुन्छ,’ उनले भने, ‘यस्तो बेलामा प्रहरी सधैँ दोहोरो मारमा पर्छ, प्रहरीले बल प्रयोग नगरेको भए त्यही दिन संसद् भवन जल्थ्यो, प्रहरीले केही नगरेको भए पनि प्रहरीमाथि कारबाही र प्रश्न उठ्थ्यो ।’

खापुङका अनुसार सो घटनाको छानबिनका लागि प्रहरीभित्र विशेष समिति गठन गरिएको छ, साथै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोगले पनि काम गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने मागबारे उनले भने, ‘छानबिन आयोगले निष्कर्ष निकालेपछि मात्र निर्णय हुनेछ, अहिले कुनै आदेश जारी भएको छैन ।’

साथै सुरक्षा निकायबीच समन्वय राम्रो रहेको बताउँदै उनले सेना र प्रहरीबीच तालमेल नभएको दाबी अस्वीकार गरे । उनले भने, ‘राज्यका सूचना संयन्त्र असफल त भएनन्, तर पर्याप्त ध्यान नदिएको भने स्वीकार गर्छु ।’

उनले ती घटनाको जिम्मेवारी लिन आफू तयार रहेको पनि बताए । ‘प्रहरीले आफ्नो स्वार्थका लागि होइन, राज्यका संवेदनशील संरचना जोगाउनका लागि बल प्रयोग गरेको हो,’ उनले स्पष्ट पारे, ‘यदि प्रहरी अझै संयमित नभएको भए हताहती अझ ठूलो हुन सक्थ्यो ।’

गत भदौ २३ गते जेन–जी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट (भदौ २४ गते) देशका विभिन्न भागमा मच्चिएको लुटपाट र आगजनीका घटनामा थप ५७ जनाले ज्यान गुमाए, जसमा आन्दोलनकारी, कैदी, प्रहरी र अन्य सर्वसाधारणसमेत परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun