casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालबाट पौने ३ खर्बको निर्यात हुँदा कुन वस्तु कति भयो निकासी ?

अनलाइनसमय |
११ साउन २०८२
नेपालबाट पौने ३ खर्बको निर्यात हुँदा कुन वस्तु कति भयो निकासी ?

काठमाडौं, ११ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा निर्यात ८१ दशमलव ८ प्रतिशतले बढ्यो । भन्सार विभागका अनुसार सो वर्ष नेपालले विभिन्न मुलुकमा २ खर्ब ७७ अर्ब ३ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आव २०८१/८२ मा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, सूर्यमुखी तेल, ऊनी गलैंचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, ,प्लाईउड, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर विरालाका आहारा, पिना, पश्मिना शल, कपडा, कत्था, पामतेल, चाऊचाऊ, सिमेन्ट प्रमुख छन् ।

यो वर्ष भटमासको तेलको निर्यातमा ११ हजार ७३३ प्रतिशतले वृद्धि बढेर १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा ६.०१ प्रतिशतले घटेर १६ अर्ब ३६ करोडमा झरेको छ ।

समीक्षा अवधिमा यार्नको निर्यातमा १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । तयस्तै ऊनी गलैंचाको निर्यात १ दशमलव ९३ प्रतिशतले बढेको छ । एक वर्ष अवधिमा १० अर्ब ७८ करोड रुपैयाँ बराबरको ऊनी गलैंचा निकासी भएको छ ।

त्यस्तै तयारी पोशाकको निर्यातमा भने २ दशमलव ३९ प्रतिशतले ह्रास आइर ८ अर्ब ७५ करोडमा सीमित भएको छ । प्लाईऊडको निर्यातमा ४.२६ प्रतिशतले ह्रास आई ७ अर्ब ०९ करोड रुपैयाँमा झरेको छ ।

गत आवमा जुट तथा जुटका उत्पादनको निर्यात १६ दशमलव ८१ प्रतिशतले बढेको छ । यस वर्ष ८ अर्ब २३ करोड रुप्रयाँ बराबरको जुट तथा जुटका उत्पादनको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा जुसको निकासी भने ११ दशमलव ४१ प्रतिशतले घटेको छ । यो वर्षजुसको निर्यात ७ अर्ब ७२ करोडमा झरेको छ । यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ७ दशमलव १६ प्रतिशतले वृद्धि भई ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रका अनुसार गत आवमा सूर्यमुखी तेलको निर्यातमा ७ हजार ४३६ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड रुपैयाँ पपुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा भने ३ दशमलव २४ प्रतिशतले ह्रास आई ७ अर्ब ६८ करोडमा सीमित भएको छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि २६ दशमलव ६४ प्रतिशतले बढेको छ । सो वर्ष ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चीया निर्यात भएको छ ।

आव २०८१/८२ मा अदुवाको निर्यात भने ५० दशमलव ३८ प्रतिशतलेले घटेर ५८ करोडमा सीमित भएको छ । तयस्तै पीना ( आयल केक) को निर्यातमा २२ दशमलव ८० प्रतिशतले वृद्धि भई ३ अर्ब ६३ करोड पुगेको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ११७ दशमलव ८ प्रतिशतले वृद्धि भई २ खर्ब २४ अर्ब ६८ करोड पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७ दशमलव ७१ प्रतिशत रहेकोमा आर्थिक वर्षका सो हिस्सा ८१ दशमलव १० प्रतिशत पुगेको छ ।

नेपालको निर्यात व्यापारमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, ,चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरलेण्ड्स र अफगानिस्तान प्रमुख रुपमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun