casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गर्मीका आठ मेकअप ट्रेन्ड्स, जसले तपाईंलाई आकर्षक देखाउँछ

अनलाइनसमय |
३ जेठ २०८२
गर्मीका आठ मेकअप ट्रेन्ड्स, जसले तपाईंलाई आकर्षक देखाउँछ

काठमाडौं, ३ जेठ । घर, अफिस, सभा समारोह वा पार्टीमा जाँदा आफूलाई सुन्दर देखिने चाहना सबैमा हुन्छ, कहीँ कतै जानुभन्दा अगाडि हरेक महिलाको चिन्ता हुन्छ– कस्तो मेकअप गर्ने होला ? अरूभन्दा आकर्षक कसरी देखिन सकिएला ? त्यसका लागि विशेषतः बजारमा अहिले कस्तो ट्रेन्ड चलिरहेको छ, त्यो हेर्न जरुरी छ । यसो त अहिले गर्मी महिना छ । मौसमअनुसार मेकअपका विभिन्न ट्रेन्ड चल्छन् । त्यसलाई पछ्याउन सके अनुहारको स्वास्थ्य सुरक्षादेखि आकर्षणको क्षेत्रमा समेत छुट्टै प्रभाव पार्न सकिन्छ ।

मेकअप गर्दा त्वचा (छाला)को संवेदनशीलतामा ध्यान दिनुपर्छ । व्यक्तिअनुसार त्वचाको प्रकृति र प्रकार पनि फरक हुन्छ । आफ्नो त्वचा अनुसार मेकअप गर्दा यसले प्राकृतिक सौन्दर्य समेत बढाउँछ ।

यहाँ अहिलेको (गर्मी) मौसममा चलिरहेको मेकअपका ८ ट्रेन्डहरूबारे तल चर्चा गरिएको छ ।

१. सनसेट ब्लश

सनसेट ब्लश अहिलेको गर्मीको मौसममा निकै चर्चित मेकअप ट्रेन्ड हो, जसमा पिच (खुर्पानी रङ), कोरल (गुलाबी–रातो–सुन्तला रङ) र गुलाबी रंङहरू मिसाएर गालामा प्रयोग गरिन्छ । गालामा यी सबै रङहरूलाई सुनौलो टोनको साथमा मिलाएर लेयर गरिन्छ, जसले अनुहारलाई चमक दिन्छ । सेलिब्रिटी मेकअप आर्टिस्ट क्रिस्टियन ब्रिसेनो भन्छन्, ‘यो लुक साँच्चै आकर्षक हुन्छ, जुन सुनौलो घाम अस्ताउँदाको प्रकाशजस्तै देखिन्छ ।’ उनका अनुसार यो ट्रेन्ड ‘सनबन्र्ट ब्लश’बाट उत्पन्न भएको हो । अहिले सनसेट ब्लश ट्रेन्ड सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्दै गएको छ ।

२. ब्लर मेकअप

ब्लर मेकअप पनि अहिलेको लोकप्रिय मेकअप ट्रेन्ड हो । ब्लर मेकअप भन्नाले यस्तो मेकअप लुकलाई जनाउँछ, जसले त्वचाका दागहरू देखिँदैनन् । यस्तो मेकपले अनुहार सफा, हल्का र स्निग्ध देखिन्छ । ब्लर मेकअपले सबै प्रकारका त्वचामा राम्रो देखिने भएकाले गर्मीको समयमा यो ट्रेन्डका रुपमा उदाएको छ । यो लुक बनाउन जल–मिश्रित स्किनकेयर प्रोडक्ट, ब्लरिङ प्राइमर र नेचुरल म्याट फाउन्डेशन तथा फिनिशिङ पाउडरहरूको प्रयोग गरिन्छ । यसले अनुहारलाई नरम बनाउँछ ।

३. कलरफुल आइलाइस

कलरफुल आइलाइस सन् १९८० को दशकमा लोकप्रिय फेसन थियो, जुन अहिले फेरि चर्चामा छ । एक समयमा पप संस्कृतिमा बढी लोकप्रिय यो ट्रेन्ड आधुनिक सौन्दर्य चेतनासँगै पुनः जीवन्त बनेको छ । मानिसहरू पहिले जस्तो साधारण मेकअपभन्दा अहिले फरक शैली रोज्न थालेका छन्, जसकारणले रंङीन मस्कारा र परेलाको फेसन फेरि ट्रेन्डमा आएको हो । यो लुकका लागि आफ्नो त्वचाको रङसँग मेल खाने रंङहरू रोज्नुपर्ने हुन्छ ।

‘यदि तपाईंको आँखाको रङ निलो र कपाल पहेंलो (ब्लोन्ड) छ भने चम्किलो सुन्तला र गुलाबी रंङका परेला अत्यन्तै सुन्दर देखिन्छन् । तपाईंको कपाल गाढा रङ (ब्रुनेट) छ भने हरियो (एमराल्ड ग्रीन) वा बैजनी (पर्पल) रंङ निकै आकर्षक देखिन्छ,’ मेकअप आर्टिस्ट बीना खान भन्छिन्, ‘आफ्नो विशेषता अनुसार रंङ छान्न सकियो भने, परेलाले तपाईंको लुकमा जादू थप्न सक्छ ।’

४. मल्टी–डायमेन्सनल आइस्याडो

गर्मीमा आँखाले सौन्दर्यको मुख्य ध्यान तानिरहेको हुन्छ । फेसन संसारमा मल्टी–डायमेन्सनल आइस्याडोको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । गहिराइ, चमक र प्रकाशको कोणअनुसार रङ फेर्ने यो आइस्याडो शैली विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बन्दैछ ।

‘जेन जेड पुस्ताले प्रकाशअनुसार रंङ फेरिने इरिडेसेन्ट र मेटालिक फिनिशमार्फत नयाँ शैली अपनाइरहेका छन्, जसले फरक लुक दिन्छ,’ सौन्दर्य विज्ञ ब्रिसेनो भन्छिन्, ‘यो ट्रेन्ड महोत्सवदेखि विशेष कार्यक्रमहरूमा निकै लोकप्रिय छ । यसका लागि विभिन्न प्रकारका मल्टिक्रोम पिग्मेन्ट, शीशाजस्तै चम्किलो टेक्स्चर, फोइल फिनिश र लिक्विड मेटल्स जस्ता विभिन्न विकपहरू बजारमा उपलब्ध छन् ।’

५. वाइटुके लिप्स

सन् १९९० को अन्त्यतिर र २००० को सुरुमा अत्यधिक लोकप्रिय रहेको वाइटुके लिप्स शैली फेरि ट्रेन्डमा आएको छ । यस गर्मीमा सौन्दर्य पारखीहरू गहिरो किनारासहितको लिप लाइनर र चम्किलो ग्लसलाई रोज्न थालेका छन् ।

यो मेकअप स्टाइलमा ओठलाई आकर्षक, चम्किलो र ठूलो देखाउने गरिन्छ । अहिले धेरै कलाकार, मोडल र टिकटकका क्रिएटरहरूले यही स्टाइल अपनाइरहेका छन् । यसमा सबैभन्दा पहिले डार्क लिप लाइनर (गाढा कलरको पेन्सिल)ले ओठको सिमाना कोरिन्छ । यसले ओठलाई ठूलो देखाउँछ । त्यसपछि हल्का रंङको लिपस्टिक ओठको भित्रपट्टि लगाइन्छ । अन्त्यमा चम्किलो लिप ग्लस लगाइन्छ ।

अहिले वाइटुके लुकमा पिंक, न्युड (त्वचाको जस्तो रङ), ब्राउन, हल्का गुलाबी, सिल्भरी र पिच शेडहरू लोकप्रिय छन् । यो मेकअप शैलीलाई फेसन आइकन पेरिस हिल्टन, ब्रिट्नी स्पीयर्स र क्रिस्टीना एगुइलेरले लोकप्रिय बनाएका थिए । वाइटुके लिप्स मेकअप प्रयोग गर्दा अनुहारको बाँकी मेकअप पनि हल्का राख्दा राम्रो देखिन्छ ।

६. चेरी ब्लस्सम ब्लस

गर्मीयाम बढेसँगै अहिले सौन्दर्यमा नयाँ फेसन चलिरहेको छ, जुन हो चेरी ब्लस्सम ब्लस । यसले अनुहारमा कोमलता र ताजा रङ ल्याउँछ । यसलाई प्रायः गालामा लगाइन्छ, जसले तपाईंको अनुहारलाई स्वस्थ र चम्किलो देखाउँछ ।

यो ब्लस हल्का गुलाबी रङमा तयार हुन्छ, जसमा चिसो टोन हुन्छ । यसलाई गालाको माथिल्लो भागमा थोरै लगाएर बाहिरतर्फ राम्रोसँग मिक्स गरिन्छ । यसले अनुहारलाई न्यानो र चम्किलो लुक दिन्छ ।

यो मेकअप शैली पहिले देखिएको ब्लस–फोकस फेसनको निरन्तरता हो । यो नरम गुलाबी, पिङ्क, र कहिलेकाहीँ हल्का पर्पल वा पेच रंङका टोनहरूमा उपलब्ध हुन्छ । पाउडर, क्रीम वा लिक्विड पाउडर ब्लस तेलयुक्त त्वचाका लागि राम्रो हुन्छ । क्रीम वा लिक्विड ब्लसहरू भने चिल्लो र नरम देखिने भएकाले ड्राई वा सामान्य त्वचाका लागि उपयुक्त हुन्छ । चेरी ब्लस्सम ब्लसले प्राकृतिक रङ थप्ने मात्र नभई अनुहारमा लामो समयसम्म टिक्छ ।

७. बेरी टोन

अहिलेको गर्मीयाममा चम्किला बेरी टोनहरूको ट्रेन्ड बढ्दो छ । गर्मीको मौसममा मेकअपमा चम्किला बेरी रङहरूलाई निकै मन पराइन्छ र यस वर्ष पनि यो चलन यथावत् छ । मेकअप आर्टिस्ट बीना खान भन्छिन्, ‘गर्मीमा तपाईं जतिसुकै चम्किलो रङ प्रयोग गर्न सक्नुहुन्छ । तर मोनोक्रोमेटिक लुक बनाएर यसलाई अत्यधिक नबनाउनु राम्रो हुन्छ । गाला र ओठमा प्रयोग गर्न मिल्ने बहुउद्देश्यीय उत्पादनको प्रयोग गर्न सकिन्छ ।’

८. डिफ्यूज्ड क्याट आइलाइनर

यस वर्षको गर्मीयाममा आएका मेकअका ट्रेन्डमध्ये डिफ्यूज्ड क्याट आइलाइनर पनि एक हो । यो मेकअप परम्परागत शैलीभन्दा थोरै फरक छ, जहाँ पुरानो शैलीमा आँखाको छेउमा तीखो रेखा तानिन्थ्यो भने अहिले ती रेखाहरू हल्का ब्लेन्ड गरिन्छन्, यसको मतलब ती रेखा न धेरै गाढा हुन्छ न अत्यधिक तीखा । यसको उद्देश्य भनेको आँखामा नरम डेफिनेशन दिनु हो ।

प्रसिद्ध मेकअप आर्टिस्ट ब्रिसेनों भन्छन्, ‘यो शैली प्रायः नरम खैरो र टौप जस्ता हल्का रंङहरूमा बनाइन्छ, जसले आँखालाई सफा, सन्तुलित र सौम्य लुक दिन्छ ।’

यो लकुक बनाउनको लागि ब्राउन आइस्याडो या जेल लाइनर प्रयोग गर्नुपर्छ । आँखाको माथिल्लो भागमा लाइन बनाएर सानो ब्रसले ब्लेन्ड र आँखाको छेउबाट सानो रेखा बनाएर त्यसलाई पनि नरम बनाउनुपर्छ । अन्तिममा आफूले चाहेको अनुसार मस्कारा थपेर लुक देखाउन सकिन्छ ।

मेकअप आजको आधुनिक समाजमा केवल सौन्दर्य अभिवृद्धिको साधन मात्र होइन, आत्मविश्वास र व्यक्तित्व प्रदर्शनको महत्वपूर्ण माध्यम बनेको छ ।  एजेन्सिको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun