casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

राष्ट्र बैंकले गर्‍यो तीन विकास बैंक र दुई फाइनान्सलाई कारबाही

अनलाइनसमय |
११ वैशाख २०८२
राष्ट्र बैंकले गर्‍यो तीन विकास बैंक र दुई फाइनान्सलाई कारबाही

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको ठहर गर्दै तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ती वित्तीय संस्थाकाहरूमाथि अनुशासनात्मक कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीको घेरामा परेका संस्थाहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक छन् । यस्तै पोखरा फाइनान्स र जानकी फाइनान्स पनि कारबाहीमा परेका छन् ।

मुक्तिनाथ विकास बैंक
राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा संस्थाको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको सम्बन्धमा यस बैंकबाट जारी एकीकृत निर्देशनमा भएको ‘सञ्चालक समितिका अध्यक्ष सञ्चालक समितिबाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उपसमितिमा समावेश हुन पाउने छैन’ भन्ने व्यवस्थ उल्लंघन गरेकोले निज भरतराज ढकाललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।

नारायणी डेभलपमेन्ट बैंक
संस्थालाई यस बैंकले मिति २०७७र०४र२१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभत्र तोकिएबमोजिमको चुक्तापुँजी पुर्‍याउन, चुक्तापुँजीको सतप्रतिशतमा नबढ्ने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमाभित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न सर्त तोकिएकोमा सोअनुसार न्यूनतम चुक्तापुँजी कायम नगरेको, तोकिएको सीमा भन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा भन्दा अधिक हुने गरी वित्तीय स्रोत संकलन गरेको लगायत विगत लामो समयदेखि यस बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसकेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९१० को खण्ड ९ग० बमोजिम यस बैंकले तोकेको न्यूततम चुक्तापुँजी तथा पुँजी कोष अनुपात २०८२ असार मसान्तसम्म अनिवार्य रुपले कायम गर्न तथा राष्ट्र बैंकबाट दिइएका निर्देशनहरु बारम्बार उल्लंघन भएको हुँदा नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरिएको छ ।

सालपा विकास बैंक
राष्ट्र बैंकले ‘ख’ वर्गको वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम गरेको तथा तोकिएको न्यूनतम चुक्तापुँजी पुर्‍याउने सन्दर्भमा पटक–पटक दिइएका पूर्वनिर्देशनहरूको कार्यान्वयन नगरी नियामकीय व्यवस्थाहरू पालना गरेको नपाइएकोले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० खण्ड (क) बमोजिम नसिहत दिइएको छ ।

पोखरा फाइनान्स
संस्थाले २०८१ माघ १३ देखि २६ गतेसम्मको अवधि (पि१५)मा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यामान व्यस्था बमोजिम रू.४६ हजार ७१८.२३ जरिवाना लगाइएको छ ।

यसैगरी बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतहरुका सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेबारीमा रहेका संस्थाको प्रमुख कार्यकारी अधिकृतले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएको सन्दर्भमा निजलाई स्पष्टिकरण सोधिएकोमा निजले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नरहेकोले निज श्री रविचन्द्र गुरुङ्गलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम रु।५ लाख जरिवाना गरिएको ।

यस्तै २०८१ पुस मसान्तमा संस्थाको निष्कृय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र यस बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरु गरिएको छ ।

जानकी फाइनान्स
२०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरु गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकायका रूपमा रहेको राष्ट्र बैंकले नियामक नीति र निर्देशन पालना नगर्ने संस्थामाथि समयसमयमा निगरानी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun