casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६९.८० अङ्कले बढेको नेप्से २,७२७ को विन्दुमा, करिब १३ अर्बको कारोबार

अनलाइनसमय |
२० माघ २०८१
६९.८० अङ्कले बढेको नेप्से २,७२७ को विन्दुमा, करिब १३ अर्बको कारोबार

काठमाडौं, २० माघ । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९ दशमलव ८० अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय २७ दशमलव ५८ को विन्दुमा कायम भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर १ लाख ३० हजार ९१३ पटक किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि कारोबारको अघिल्लो दिन गत हप्ता मंगलबार ९ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार ३३० धितोपत्र कारोबारमा आए, जसमध्ये २०२ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३७ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमाको ३.७१, लगानी समूहको ३.३८, विकास बैंकको ३.१५, उत्पादनमुलक समूहको ३.०७, बैंकिङ समूहको उपसूचक २.५२, जीवन बीमाको २.४३, होटल एन्ड टुरिजमको १.८२, हाइड्रोपावरको १.४१, व्यापार समूहको १.३१, फाइनान्सको १.२९ र अन्य समूहको उपसूचक २.६३ प्रतिशतले बढेको छ ।

आइतबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्स रहेका छन् ।

आज सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun