casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बढ्यो कस्मेटिक्सको आयात, उपभोक्ता माग कि मूल्यमा वृद्धि ?

अनलाइनसमय |
२४ पुष २०८१
बढ्यो कस्मेटिक्सको आयात, उपभोक्ता माग कि मूल्यमा वृद्धि ?

सुनिता सुवेदी,

काठमाडौं, २४ पुस । पछिल्लो समय मानिसहरुले आफ्नो सौन्दर्यप्रति निकै ध्यान दिन थलेका छन् । उमेर, शारीरिक अवस्था र आकार प्रकारअनुसार अनुसार आफूलाई फिट एवं आकर्षक देखिन प्रायः कस्मेटिक सामग्रीको प्रयोग गरिन्छ । कस्मेटिकको प्रयोग शारीरिक सौन्दर्यसँग मात्र सम्बन्धित भने हुँदैन । यो स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित पनि हुन्छ ।

पछिल्लो समय कस्मेटिक्सप्रतिको बुझाइ, अभ्यस्तता र ‘ट्रेन्ड’सँगै नेपालमा यस्ता वस्तुको खपत बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा प्रमुख कस्मेटिक सामग्री ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको आयात भएको छ, जुन गत आवको मंसिरसम्मको तुलनामा १२ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्ता वस्तु  ४ अर्ब ९४ १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

आयातमा भएको वृद्धिले उपभोक्तको माग बढेको तथा सोही क्षेत्रका व्यवसाय चलायमान हुँदै गएको संकेत गर्छ, जसले अर्थतन्त्रको वृद्धिलाई समेत सहयोग पुग्छ । यद्यपि, कस्मेटिक सामग्रीको आयातलाई मात्रै आधार मानेर अर्थतन्त्र सुधार भएको भन्न नसकिने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । पछिल्लो समय डलरमा भएको वृद्धिले पनि यस्ता वस्तुको आयात मूल्य बढी देखिएको उनको बुझाइ छ ।

‘भात खान, कपडा लगाउन छोडेर मानिसले कस्मेटिक वस्तु प्रयोग गर्दैनन्,’ अधिकारीले भने, ‘यो प्रयोग गर्ने भनेको नै पैसा हुनेले हो । तल्लो र मध्यम वर्ग अझै पनि खर्च गर्न डराउँछन्, तर एकथरी माानिससँग पैसा छ, उनीहरुले कस्मेटिक तथा सर्जरीका सामग्री बढी प्रयोग गर्छन् ।’

नेपाल कस्मेटिक व्यवसायी महासंघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले पछिल्लो समय सामान्य खालका वस्तुमा भन्दा पनि ब्रान्डेड (महङ्गो) खालका वस्तु आयात हुँदा त्यसको मूल्य पनि बढी देखिएको बताए । उनले भने, ‘अहिले कस्मेटिक सामग्रीमा पनि मेडिसिनल आइटमको बढी माग छ, मानिसले स्किन केयरका बढी मूल्यका सामान प्रयोग गर्न थालेका छन्, जसले गर्दा मूल्य बढेको हो ।’

साथै उनले पोहोरको तुलनामा कस्मेटिक व्यवसाय समेत बढेको बताए । ‘कस्मेटिकलाई विलासी वस्तु मानिए पनि आहिले दैनिक उपभोग्य वस्तुको रूपमा स्थापित हुँदै गएको छ, जीवनयापनमा सौन्दर्यको पनि त्यतिकै महत्व हुन्छ,’ उनले भने ।

सरकारले भने कस्मेटिक सामग्रीलाई विलासी वस्तुको रूपमा लिने गरेको छ । यस्ता अधिकांश वस्तु आयात हुने गरेको छ । मुलुकमा विदेशी विनिमय सञ्चिति खुम्चँदा सरकारले कस्मेटिक्स सामग्रीको आयातमा समेत प्रतिबन्ध लगाएको थियो ।

अर्थविद् अधिकारीले विलासी बस्तुको आयातले अर्थतन्त्रलाई टेवा नपुग्ने बताए । ‘व्यवसाय गर्नेलाई अलि फाइदा होला, तर कस्मेटिक जस्ता विलासी वस्तुको आयातले हामीलाई राजस्व मात्र प्राप्त हुने हो, तर यसबापट ठूलो विदेशी मुद्रा बाहिरिने गरेको छ,’ उनले भने ।

हाल नेपालमा भारत, चीन, जापान, पोल्यान्ड, टर्की अष्ट्रिेलिया, फ्रान्स लगायत मुलुकबाट कस्मेटिक वस्तुको आयात हुने गरेको छ, जसमध्ये चालू आवको मंसिरसम्ममा भारतबाट मात्रै ३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ ।

नेपालमै सौन्दर्य सामग्री बनाउने जडीबुटी लगायत वस्तु प्रशस्त भए पनि प्रशोधन तथा उत्पादनका संयन्त्र नहुँदा खेर गइरहेको वा कच्चापदार्थको रूपमा बाहिरिने गरेको तिमल्सिनाले बताए । ‘नेपालबाटै गएका जडीबुटीबाट बनेका सौन्दर्यका सामग्री पुनः नेपाल आउँछ । तर नेपालको उद्योगले भने कच्चा पदार्थको अभावले कस्मेटिक सामान उत्पादन गर्न नै सकिरहेका छैनन्,’ उनले भने । उनका अनुसार स्वदेशी कस्मेटिक उत्पादनले मागको ५ प्रतिशत मात्र धानिरहेको छ ।

अर्थविद् अधिकारी कस्मेटिक सामग्री नेपालमै उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताउँछन् । ‘हामीले बाहिरबाट ल्याएर प्रयोग गरिरहेको कस्मेटिक यहीँ उत्पादन गर्न सकिन्छ । त्यसका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सारमा भएका अवरोध तथा प्रशासनिक अवरोधहरु हटाइनुपर्छ,’ उनले भने ।

अध्यक्ष तिमल्सिनाका अनुसार नेपालमा हाल १६ हजार कस्मेटिक व्यवसायी छन् । यस क्षेत्रबाट करीब २ लाखले रोजगारी पाएका छन् ।

चालू आवको मङ्सिरसम्ममा फेस क्रिम सबैभन्दा धेरै आयात भएको छ । सो अवधिमा फेस क्रिम ५३ करोड ७९ लाख रुपैयाँ बरारको आयात भएको छ । त्यस्तै स्याम्पू ५२ करोड ९७ लाख, कपालमा हाल्ने रङ ४४ करोड र बडीलोशन २९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun