casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

चलायमान होला निर्माण क्षेत्र : ४७% ले बढ्यो हेभी इक्वीपमेन्ट आयात

अनलाइनसमय |
१५ पुष २०८१
चलायमान होला निर्माण क्षेत्र : ४७% ले बढ्यो हेभी इक्वीपमेन्ट आयात

कुल नारायण श्रेष्ठ,

काठमाडौं, १५ पुस । लामो समयदेखि शिथिल रहेको निर्माण क्षेत्रमा पछिल्लो समय सुधारको केही संकेत देखिएका छन् । चालू आर्थिक वर्षको ५ महिनामा निर्माण क्षेत्रसँग सम्बन्धित हेभी इक्वीपमेन्टको आयातले यस क्षेत्रमा सुधार हुन थालेको देखाएको हो ।

भन्सार विभागका अनुसार गत आवको पहिलो पाँच महिनामा गत आवको सोही अवधिको तुलनामा निर्माणका ठूला उपकरणको आयात ४७ दशमलव १७ प्रतिशतले बढेको छ । गत मंसिरसम्ममा रू. ७ अर्ब ४७ करोड ५६ लाखको हेभी इक्वीपमेन्ट भित्रिएको छ । गत आवको यसै अवधिमा यस्ता उपकरण रू. ५ अर्ब १४ करोड ९३ लाखको भित्रिएको थियो ।

आवको पाँच महिनामा सबैभन्दा धेरै आयात भएको निर्माण उपकरणमा जमिन खन्ने र सम्याउने उपकरण (बुलडोजर, एक्स्काभेटर, ब्याक हो लोडर लगायत) रहेका छन् । यस्ता उपकरण रू. १ अर्ब ९७ करोड ८४ लाखको भित्रिएको छ । सो अवधिमा पाइभिङ र सडक निर्माण उपकरण रू. १ अर्ब ९४ करोड २५ लाख, कंक्रीट निर्माण उपकरण रू. १ अर्ब ८५ करोड, ५२ लाख, क्रेन र सामग्री उठाउने उपकरण रू. ५७ करोड ३७ लाख, पावर टुल्स र प्लम्बिङ उपकरण रू. ४१ करोड २ लाखको आयात भएको छ । त्यस्तै इन्सुलेशन र फिनिशिङ उपकरण रू. ३१ करोड ४९ लाखको भित्रिएको छ भने सुरक्षा उपकरण रू. २९ करोड ५ लाख र ड्रिलिङ र खानी उपकरण रू. ११ करोड बराबरको भित्रिएको तथ्याङ्क छ ।

निर्माण उपकरणको आयात बढे पनि निर्माण सामग्रीको आयातमा भने कमी आएको छ । विशेषगरी सिमेन्ट, बिटुमिन, फलामजस्ता प्रमुख निर्माण सामग्रीको आयात अझै पनि कम रहेकाले निर्माण क्षेत्रले गति लिइसकेको छैन । सरकारी क्षेत्रका निर्माण आयोजनाका ठेक्का भएर भर्खरै कार्यान्वयनमा जान थालेका छन् भने अर्थतन्त्रको सुस्तीले निजीक्षेत्रका परियोजना समेत अघि बढ्न सकेका छैनन् । अहिले आवास निर्माण परियोजनामा समेत आर्थिक शिथिलताको प्रभाव परेको छ ।

तथ्याङ्क अनुसार गत आवको मंसिरसम्मको तुलनामा चालू आवको सोही अवधिमा निर्माण सामग्रीका प्रमुख वस्तुको आयात १४ दशमलव २६ प्रतिशतले घटेको छ । गत मंसिरसम्ममा रू. ८ अर्ब ३ करोड २५ लाख बराबरको मुख्य निर्माण सामग्री भित्रिएको छ । गतवर्षको यसै अवधिमा रू. ९ अर्ब ३६ करोड ९१ लाखको आयात भएको थियो ।

२०८१ को मंसिरसम्ममा सबैभन्दा धेरै आयात हुनेमा बिटुमिन र कालोपत्र सामग्रीहरू रहेका छन् । यस्तो वस्तु रू. अर्ब ८६ करोड ४१ लाखको आयात भएको छ । सो अवधिमा काठ र प्लाइउड सामग्री रू. १ अर्ब ३९ करोड, ६० लाख, पेन्ट र फिनिशिङ सामग्री रू. १ अर्ब ३६ करोड ९६ लाखको भित्रिएको छ । यस्तै धातुजन्य सामग्रहरू रू. १ अर्ब १४ करोड २१ लाखको भएको छ भने टाइल्सजन्य सामग्रीहरू रू. ८८ करोड ६२ लाख र सिमेन्ट, बालुवा, गिट्टी, ईंटा रू. ३७ करोड ४३ लाखको भित्रिएको छ ।

निर्माण क्षेत्र चलायमान बनाउन सरकारले कार्यान्वयन योग्य योजना मात्र ल्याउनुपर्ने व्यवसायी बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘विनाबजेटका योजना पूर्ण रूपमा खारेज गर्नुपर्छ, नियम, कानून, ऐनहरू पूर्वाधार चलायमान हुनेगरी बनाउन आवश्यक छ ।’ सरकारी नीति, नियमकै कारण विकास निर्माणका काम समयमै शुरू र सम्पन्न गर्न नसकिएको समेत उनको भनाइ छ ।

बढ्यो आवासीय तथा घर जग्गा कर्जा

यता, निर्माण क्षेत्रसँग सम्बन्धित आवासीय व्यक्तिगत घर कर्जा (रेसिडेन्सियल पर्सनल होम लोन) र घरजग्गा (रियल इस्टेट) कर्जा भने बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा आवासीय व्यक्रिगत र घर जग्गा कर्जा रू. ६ खर्ब ६६ अर्ब ७ करोड प्रवाह भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ७ दशमलव १९ प्रतिशत बढी हो । गत आवको पहिलो चार महिनामा यस्तो कर्जा रू. ६ खर्ब २१ अर्ब ३४ करोड प्रवाह भएको थियो ।

पछिल्लो महिनाहरूमा कर्जा प्रवाह, कारोबारको सङ्ख्या र राजस्वसमेत बढ्न थालेको छ । यद्यपि यो छोटो अवधिलाई आधार मानेर निर्माण क्षेत्र चलायमानबारे मूल्याङ्कन गरिहाल्न नसकिने निर्माण व्यवसायी बताउँछन् । ‘राष्ट्र बैंकले घरजग्गामा कर्जामा लिएको नीति खुकुलो बनाउनुपर्छ,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘लोन टु भ्यालु रेशियो बढाइनुपर्छ, कर्जा आम्दानी अनुपात पनि सोहीअनुसार बढाएमा कर्जा विस्तार सहज भई घरजग्गा क्षेत्र चलायमान बन्न सक्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun