casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालका प्रमुख वैदेशिक साझेदार: कुन मुलुक कुन स्थानमा ?

अनलाइनसमय |
१२ असार २०८१
नेपालका प्रमुख वैदेशिक साझेदार: कुन मुलुक कुन स्थानमा ?

काठमाडौं, १२ असार । पछिल्लो समय नेपालको वैदेशिक व्यापार कमजोर बन्दै गइरहेको छ । आर्थिक सुस्तीले पनि पछिल्लो तीन वर्षयता नेपालको वैदेशिक व्यापार घट्दै गएको देखिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा १.९५ प्रतिशतले कम हो । गत आवको सो अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोडभन्दा बढीको व्यापार भएको थियो ।

गत आवको जेठसम्ममा पनि नेपालको व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८–७९ मा १९ खर्ब ४९ अर्ब ६ करोडभन्दा बढीको व्यापार भएको थियो, जसअनुसार तीन वर्ष अवधिमा नेपालको वैदेशिक व्यापार ८१ दशमलव ७२ प्रतिशतले घटेको छ ।

आयात निर्यात दुबैमा भारत अगाडि

विभागका अनुसार नेपाललको व्यापार (आयात,निर्यात) दुबैमा पहिलो नम्बरमा छिमेकी मुलुक भारत छ । एक वर्ष अवधिमा भारतसँगको आयात ३ दशमलव ०१ प्रतिशतले घटेको छ । गत आवको जेठसम्ममा भारतबाट ९ खर्ब ३७ अर्ब ८३ करोडभन्दा बढीको वस्तु आयात भएको थियो । तर, चालू आवकोे जेठसम्म आइपुग्दा भारतसँगको आयात घटेर ९ खर्ब ८ अर्ब २९ करोडमा सीमित भएको छ ।

सोही अवधिमा नेपालबाट भारतर्फ ९४ अर्ब ५१ करोड ६२ लाख भन्दा बढीको वस्तु निर्यात भएको छ, जुन गत आवको तुलनामा ४ दशमलव ५० प्रतिशतले कम हो । गत आवको जेठसम्ममा भारततर्फ ९८ अर्ब ९७ करोड ३८ लाखभन्दा बढीको निर्यात भएको थियो ।

भारतपछि अर्काे छिमेकी राष्ट्र चीनबाट आयात

नेपालले आयात गर्दै आएको विभिन्न मुलुकमध्ये भारतपछि सबैभन्दा बढी चीनबाट विभिन्न वस्तु आयात गर्दै आएको छ । नेपालको वैदेशिक व्यापारिक मुलुकमध्ये दोस्रो स्थानमा रहेको छिमेकी राष्ट्र चीनसँग एक वर्ष अवधिमा आयात ३४ दशमलव ८० प्रतिशतले बढेको छ । गत अवको जेठसम्ममा चीनबाट २ खर्ब २ अर्ब ३७ करोडभन्दा बढीको वस्तु आयात भएको थियो भने चालू आवको सो अवधिमा बढेर २ खर्ब ७२ अर्ब ८१ करोडभन्दा बढी पुगेको छ ।

सोही अवधिमा संयुक्त अरब इमिरेटस (युएई) तेस्रो स्थानमा छ । चालू आवको जेठसम्म्मा युएईबाट २८ अर्ब ४८ करोड २५ लाखभन्दा बढीको वस्तु आयात भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा ९ दशमलव ८२ प्रतिशतले कम हो । गत आवको सो अवधिमा यस मुलुकबाट ३१ अर्ब ५८ करोड ६४ लाखभन्दा बढीको आयात भएको थियो । सो अवधिमा आयातमा युएई चौथो नम्बरमा थियो ।

यस्तै नेपालले आयात गर्दै आएको मुलकमध्ये चौथो र पाँचौं स्थानमा क्रमशः संयुक्त राज्य अमेरिका र युक्रेन रहेको छ । यी देशबाट क्रमशः १८ अर्ब १३ करोड र १७ अर्ब २० करोड मूल्य बराबरको वस्तु आयात भएको छ । गत आवको जेठसम्ममा संयुक्त राज्य अमेरिका र युक्रेनबाट क्रमशः १७ अर्ब ९१ करोड र १७ अर्ब ३४ करोडभन्दा बढीको वस्तु आयात भएको थियो ।

नेपालमा खाडी मुलुक मलेशियाबाट समेत अर्बांैको वस्तु आयात हुने गरेको छ । विभागका अनुसार चालू आवको ११ महिनामा मलेशियाबाट १६ अर्ब७१ करोड ९२ लाखभन्दा बढीको वस्तु आयात भएको छ । गत आवको सो अवधिमा यस त्यहाँबाट २१ ऋर्ब ६७ करोडभन्दा बढीको आयात भएको थियो । मलेशिया नेपालको आयातकर्ता मुलुकमध्ये छैटौँ स्थानमा छ ।

यस्तै ११ महिनामा अष्ट्रेलियाबाट १३ अर्ब ३९ करोड ४६ लाखभन्दा बढीको आयात भएको छ भने फ्रान्सबाट ११ अर्ब ८० करोड ९० लाख मूल्य बराबरको वस्तु आयात भएको छ । गत आवको जेठसम्ममा अष्ट्रेलिया र फ्रान्सबाट क्रमशः १७ अर्ब ७२ करोड र १७ अर्ब ३४ करोडभन्दा बढीको वस्तु आयात भएको थियो ।

नवौँ र दशौँ स्थानमा रहेको अर्जेन्टीना र इन्डोनेसियाबाट क्रमशः ११ अर्ब ३४ करोड र ९ अर्ब ९६ करोड मूल्य बराबरको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

निर्यातमा भारतपछि अमेरिका, अरु कुन कुन छन् ?

विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिनामा छिमेकी राष्ट्र भारतपछि सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट विभिन्न वस्तु निर्यात भएको छ । सोही अवधिमा संयुक्त राज्य अमेरिकाबाट १५ अर्ब ७५ करोड ६८ लाखभन्दा बढीको वस्तु निर्यात भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा ९ दशमलव १२ प्रतिशतले कम हो । गत आवको सो अवधिमा १७ अर्ब ३३ करोडभन्दा बढीको वस्तु निर्यात भएको थियो ।

यस्तै निर्यातीत मुलुकमध्ये तेस्रो स्थानमा रहेको ३ अर्ब ९२ करोडभन्दा बढीको वस्तु निर्यात भएको छ । गत आवको जेठसम्ममा यस मुलुकबाट ३ अर्ब ७७ करोडभन्दा बढीको वस्तु निर्यात भएको थियो ।

विभागका अनुसार चालू आवको जेठसम्ममा नेपालबाट बेलायततर्फ २ अर्ब ८४ करोड ९४ लाख मूल्य बराबरको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा त्यहाँ २ अर्ब ९८ करोडभन्दा बढीको वस्तु निार्यात भएको थियो ।

पाँचौ्र स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)तर्फ नेपालले ११ महिनामा २ अर्ब४२ करोड ८३ लाखभन्दा बढीको निर्यात गरेको छ । साथै चालू आवको ११ महिनामा नेपालबाट चीनतर्फ २ अर्ब ४० करोड ९८ लाखभन्दा बढीको वस्तु निर्यात भएको छ । गत आवको जेठसम्ममा चीनतर्फ १ अर्ब ५२ करोड ७६ लाखको मात्र निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चालू आवको ११ महिनासम्ममा चीन नेपालले निर्यात गर्दै आएको मुलुकमध्ये चीन छैटौं स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun