casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सुरु, दीगो लेखा अभ्यासमा जोड

अनलाइनसमय |
६ वैशाख २०८१
लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सुरु, दीगो लेखा अभ्यासमा जोड

काठमाडौं, ६ बैशाख । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए । राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेशामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाई थियो । Ôयस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ उनले भने ।

अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरुकै हुने उनको भनाई थियो ।

सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारवाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सङ्ग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक)की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्धालाई अघि बढाउन आवश्यक रहेको बताइन् । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उनको सुझाव थियो ।

पछिल्लो समय सबै क्षेत्रहरुले दीगो विकासको अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । Ôसमय परिवर्तनशील छ। तर, लेखा अभ्यासको आफ्नै महत्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ,उनले भनिन् ।

लेखा व्यवसायमा नयाँ पुस्ता ल्याउन आइक्यान र विभिन्न शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । यो पेशा चाहना अन्तर्गतको मात्र नभै मुलुककै अर्थतन्त्र सुधार गर्ने मुख्य आधार रहेको पनि उनले बताइन।

नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले सिएले मुलुकको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताए। मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए । आइएमएफले यस बर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,उनले भने, ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ।’

सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फतनेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड(एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रमको आयोजक आइक्यानका अध्यक्ष सिए. सुजन कुमार काफ्लेलेतेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताए । सम्मेलनको पहिलो दिन दीगो लेखा अभ्यासमा केन्द्रित हुने र दोस्रो दिन सार्वजनिक लेखापरीक्षणको समसामयिक भूमिका बारे छलफल हुने उनले जानकारी दिए। सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायको क्षेत्रमा देखिएको चुनौति र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उनले बताए ।

उद्घाटन समारोहमा नेपाल अडिटर एसोसिएसन (अडान)का वरिष्ठ उपाध्यक्ष आरए. बद्री प्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रितयस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशाषन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । सो अवसरमा उनले अडानमा आबद्ध आठ हजारभन्दा सदस्यमार्फत पारदर्शी पमा विभिन्न निकायको वित्तिय विवरण प्रस्तुत गर्ने काम भइरहेको जानकारी गराए ।

चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष सिए दिपक पाण्डेले अहिले देशभर तीन हजार दुई सय चार्टर्ड एकाउन्टेन्टले सक्रिय रुपमा काम गरिरहेको र अहिले पारिश्रामिकमा प्रतिस्पर्धा आएको बताए । डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाने क्रममा सोही अनुसार सीप र दक्षता विस्तार हुन नसके पेशागत चुनौति पनि देखापर्न सक्ने उनले बताए ।

उनले सीएको समकक्षताको सन्दर्भमा देखिएको अन्यौलता अन्त्य हुनुपर्ने धारणा राखे । १२ कक्षा पढे पछि ५ वर्ष चार्टर्ड अकाउन्टेन्ट पढ्दा पनि स्नातक÷स्नातकोत्तर सरहको मान्यता निश्चित छैन,’उनले भने ’भारतमा आइआइएम, आइआरडी जस्ता संस्थाले सिएलाई पोस्ट ग्राजुएटको मान्यता दिइसकेको छ। हाम्रोमा भने मुद्दा लड्दा लड्दै पनि कुनै टुङ्गो लागेको छैन ।’चार्टर्ड एकाउन्टेन्ट्सले निजी क्षेत्रमा आफ्नो सेवा विस्तार गरेपनि सरकारी निकायमा पहुँच कम भएको उनले बताए ।

आइक्यानका उपाध्यक्ष सिए. प्रविण कुमार झाले सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल हुने बताए ।
उद्घाटन कार्यक्रममा आइक्यानले आफ्नो आधिकारिक गित पनि सार्वजनिक गरेको छ। शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun