casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

अनलाइनसमय |
२३ माघ २०७५
टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, २२ माघ  :-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पुर्याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

“कम्पनी (टेलिकम) लाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको छ, टेलिकम ‘नम्बर वान’ थियो छ, हुनुपर्छ र चुनौतीविहीन नम्बर वान हुनुपर्छ, एउटा केही विषय आउनासाथ तर्सिने होइन काम द्रुत गतिमा अघि बढाउने हो, को आयो को गयो मतलब हँुदैन, इमान्दार बनौँ, काम गरौँ, तर्सिनुपर्दैन”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इङ्गित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राख्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “फोरजी वर्ष दिन अल्झिएको छ, संसदीय समितिमा जवाफ दिँदै हैरान भएको छ । कि त औचित्य छैन भन्नुपर्‍यो, होइन भने सबल बनाउन सबै लाग्नुपर्छ । टेलिकमको हितमा कोहीसँग पनि घुँडा टेकिन्नँ, गल्ती नगरेसम्म डराइन्नँ ।”

 

फोरजी, अप्टिकल फाइबरलगायतका महत्वपूर्ण आयोजना अघि बढेसँगै टेलिकम सुध्रिएको सङ्केत देखिएको भन्दै उहाँले निजी क्षेत्र नाफा कमाउने क्षेत्रमा मात्रै पुग्ने भएकाले टेलिकम त्योभन्दा फरक गरीब जनताको क्षेत्रमा जाने भएकाले उसँगको प्रतिस्पर्धामा अल्झन नहुने उल्लेख गर्नुभयो ।

वर्ष दिनभित्रै फोरजी विस्तार

सञ्चारमन्त्री बाँस्कोटाले फोरजी सेवालाई एक वर्षभित्रै मुलुकभर विस्तार गरिने बताउनुभयो । “चुनौतीकै बीच १२ महीनामा फोरजी सक्नुपर्छ, अब समय तालिकामा काम गर्ने हो । सरकारले त्यतिकै आर्थिक समृद्धिको कुरा गरेको छैन । समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

अब टेलिकमको छुट्टै पूर्वाधार कम्पनी

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा अब छुट्टै पूर्वाधार कम्पनी स्थापना गरिने भएको छ । टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी खडा गरिने सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले चालकदेखि प्रबन्धकसम्म अनुरोध गरेको छु, एकताबद्ध भएर काम गरेमात्र संस्थाको अस्तित्व जोगिन्छ, अर्काको रिस गरेर पुग्दैन, हामीले आफ्नो क्षमता देखाउनुपर्छ । कामको गति बढाउनुपर्छ, भएको जनशक्तिलाई प्रभावकारी बनाउनुपर्छ ।”

टेलिकममा रणनीतिक साझेदार भित्र्याउने सन्दर्भमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले साझेदारी प्राविधिक विषय भएकाले सकेसम्म जनताको साझेदारी खोज्ने पक्षमा सरकारको ध्यान गएको उल्लेख गर्नुभयो ।

“हामी सकेसम्म आफैँ गराँै भन्ने हो किनकी ठूलो रकम बाहिरिने सम्भावना छ, जनताले पानीमा लगानी गर्न हुने, टेलिकममा लगानी गर्न नहुने भन्ने के छ रु यसमा ठूला कम्पनी पनि सामेल हुनसक्छन्”, उहाँले भन्नुभयो ।

 

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकम महत्वपूर्ण आयोजना कार्यान्वयनको चरणमा रहेकाले सम्पूर्ण क्षमताको भरपूर उपयोग गरी सेवालाई जनमुखी र प्रभावकारी तुल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

“महत्वपूर्ण आयोजना अघि बढ्दैछन्, केही चुनौती छन् तर अवसर उत्तिकै भएकाले फोरजी, अप्टिकल फाइबरलगायत आयोजनालाई समयभित्रै सम्पन्न गर्न सबै जिम्मेवारीपूर्वक लाग्न जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाई दुर्गम क्षेत्रका जनताको पहुँचमा पुर्याइनुपर्नेमा जोड दिनुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको प्रगति विवरण प्रस्तुत गर्दै सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाइने बताउनुभयो । टेलिकम कर्मचारी ट्रेड युनियनका प्रतिनिधि राजबहादुर रावलले सेवा सुदृढीकरणसँगै कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा टेलिकमले टेलिकमसम्बन्धी समाचार सम्प्रेषण गर्ने उत्कृष्ट दुई पत्रकारलाई ‘टेलिकम पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ । कारोवार दैनिकका पत्रकार सरस्वती ढकाल र दी हिमालयन टाइम्सका सुजन ढुङ्गानालाई जनही नगद रु ४० हजार र प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । ती पुरस्कार सञ्चारमन्त्री बाँस्कोटाले वितरण गर्नुभएको थियो ।

यस्तै, टेलिकमले निर्धारण गरेको एक अर्ब २५ करोड कार्ड बिक्री गर्ने सात कार्ड विक्रेता कम्पनी र ५० करोड बिक्री लक्ष्य पूरा गर्ने तीन कम्पनीलाई सम्मान गरेको छ । सोही अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमको स्मारिका विमोचन गर्नुभएको थियो ।

टेलिकममा २० वर्ष सेवा गर्ने १७० कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।

(रासस)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun