सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर

अनलाइनसमय |
११ चैत २०८१
सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर

काठमाडौं, ११ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला चाँदी १ हजार ९८० रुपैयाँ कायम भएको थियो । आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस