काठमाडौं, ४ चैत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै एक महिला सहित दुई विज्ञ सञ्चालक सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।
कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायमा १० वर्षको अनुभव भएका नेपालीलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।