काठमाडौं, २७ फागुन । चालू आर्थिक वर्ष (आव)को सात महिनामा कुल आन्तरिक कर्जा १ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३ दशमलव २ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत माघ मसान्तमा यस्तो कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २० दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७ दशमलव २ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा आवको माघमा यस्तो दाबी १० दशमलव १ प्रतिशतले घटेको छ ।
यसैगरी मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा यस्तो दाबी ५ दशमलव १ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।