स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

अनलाइनसमय |
२७ फागुन २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

काठमाडौं, २७ फागुन । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास–५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस गरेको थियो ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका काफ्ले यसअघि स्वास्थ्य मन्त्रालयले गठन गरेको बीमा सुझाव कार्यदलमा सदस्य थिए । वैदेशिक रोजगार बोर्डको कार्यकारीको भूमिका निर्वाह गरेका उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष पनि थिए।

उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी समेत भएका थिए । साथै डा काफ्लले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा पनि काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस