काठमाडौं, २६ फागुन । सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ५१ दशमलव ४२ को विन्दुमा बन्द भएको छ । आइतबार ४६ दशमलव ३३ अङ्कले घटेको नेप्से २,७७२ को विन्दुमा कायम भएको थियो ।
नेप्सेमा आएको ह्राससँगै कारोबार रकम नि घटेको छ । यस दिन १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार ३११ धितोपत्र कारोबारमा आए, जसमध्ये १९१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४४ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये अन्य समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक ०.०८ प्रतिशतले बढ्दा म्युचुअल फन्डको सबैभन्दा धेरै ३.०६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको १.६५, लगानी समूहको १.५१, हाइड्रोपावरको १.१६, उत्पादनमुलक समूहको १.१५, होटल एन्ड टुरिजमको ०.९९, विकास बैंकको ०.७३, फाइनान्सको ०.७०, निर्जीवन बीमाको ०.६८, माइक्रोफाइनान्सको ०.६३, बैंकिङको ०.४४ र जीवन बीमा समूहको उपसूचक ०.४१ प्रतिशतले घटेको छ ।
सोमबार नेस्डो समृद्धि लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ र ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उपकार लघुवित्तको सबैभन्दा धेरै ६.९८ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरको ५.८६, सान्जेन जलविद्युत कम्पनीको ३.८५, महालक्ष्मी विकास बैंकको ३.८२ र ग्रीन लाइफ हाइड्रोपावरको ३.३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि छन् ।