काठमाडौं, २५ फागुन । यस साताको कारोबारको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ सय ७२ दशमलव १० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन २ दशमलव ७० अङ्कले घटेको नेप्से २,८१८ को विन्दुमा थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटक किनबेच भएको छ ।
आइतबार ३१५ धितोपत्र कारोबारमा आए, जसमध्ये २१७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २४ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै २.६९ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको २.४९, विकास बैंकको १.७१, फाइनान्सको १.८७, जीवन बीमाको १.७४, हाइड्रोपावरको १.६६, माइक्रोफाइनान्सको १.५८, बैंकिङको १.३६, निर्जीवन बीमाको १.२६ र म्युचुअल फन्ड समूहको उपसूचक १.०४ प्रतिशतले घटेको छ ।
आइतबार गार्डिएन माइक्रोलाइफ इनस्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भूगोल इनर्जीको ९.९९, एनआइबीएल ग्रोथ फन्डको ३.९३ र सान्जेन जलविद्युत कम्पनीको ३.७० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै राप्ती हाइड्रोको ९.८७, समाज लघुवित्तको ७.२८ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) को ५.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि छन् ।