casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४६ अङ्कले घटेको नेप्से २,७७२ को विन्दुमा, सबै समूहका उपसूचक घटे

अनलाइनसमय |
२५ फागुन २०८१
४६ अङ्कले घटेको नेप्से २,७७२ को विन्दुमा, सबै समूहका उपसूचक घटे

काठमाडौं, २५ फागुन । यस साताको कारोबारको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ सय ७२ दशमलव १० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन २ दशमलव ७० अङ्कले घटेको नेप्से २,८१८ को विन्दुमा थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटक किनबेच भएको छ ।

आइतबार ३१५ धितोपत्र कारोबारमा आए, जसमध्ये २१७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २४ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै २.६९ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको २.४९, विकास बैंकको १.७१, फाइनान्सको १.८७, जीवन बीमाको १.७४, हाइड्रोपावरको १.६६, माइक्रोफाइनान्सको १.५८, बैंकिङको १.३६, निर्जीवन बीमाको १.२६ र म्युचुअल फन्ड समूहको उपसूचक १.०४ प्रतिशतले घटेको छ ।

आइतबार गार्डिएन माइक्रोलाइफ इनस्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भूगोल इनर्जीको ९.९९, एनआइबीएल ग्रोथ फन्डको ३.९३ र सान्जेन जलविद्युत कम्पनीको ३.७० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै राप्ती हाइड्रोको ९.८७, समाज लघुवित्तको ७.२८ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) को ५.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun