काठमाडौं, २३ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । तर, भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात खालीे भएको छ । कुल आवेदनमध्ये १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।