काठमाडौं, २२ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ७० अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८ सय १८ दशमलव ४३ को विन्दुमा बन्द भएको छ ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज कारोबार १० अर्ब १० करोडमा झरेको छ । यस दिन १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक किनबेच भएको छ ।
बिहीबार ३१० धितोपत्र कारोबारमा आए, जसमध्ये १३२ धितोपत्रको शेयर मूल्य घटेको छ । त्यस्तै ९९ धितोपत्रको शेयर मूल्य बढेको छ भने १२वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । यस दिन सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ०.८० प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको ०.५७, व्यापार समूहको ०.२४, फाइनान्सको ०.२३, म्युचुअल फन्डको ०.१८, लगानी समूहको ०.१४, हाइड्रोपावरको ०.०६, निर्जीवन बीमाको ०.०४ र अन्य समूहको उपसूचक ०.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यस दिन विकास बैंकको उपसूचक सर्वाधिक १.८६ प्रतिशतले शेयर मुल्य बढेको छ । उत्पादनमुलक समूहको ०.२४, माइक्रोफाइनान्सको ०.०५ र बैंकिङको ०.०३ प्रतिशतले उपसूचक घटेको छ ।
बिहीबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उपकार लघुवित्तको ९.९८, राप्ती हाइड्रोपावरको ९.९१, महालक्ष्मी विकास बैंकको ७.८४ र शिखर इन्स्योरेन्सको ५.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज गुराँस लघुवित्तको ७.६०, गुँरास लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६.३५, गरिमा समृद्धि योजनाको ५.१७, हिमालयन रिइन्स्योरेन्सको ३.७७ र महिला लघुवित्तको ३.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा घलेम्दी हाइड्रो लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, गरिमा समृद्धि योजना, नेपाल रि–इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंक क्रमशः अगाडि छन् ।