आइतबार सुन, चाँदीको मूल्य स्थिर

अनलाइनसमय |
१८ फागुन २०८१
आइतबार सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं, १८ फागुन । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदी अघिल्लो कारोबार दिन शुक्रबार कायम भएको मूल्यमा नै किनबेच भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *