काठमाडौं, १६ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।