काठमाडौं, १३ फागुन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार माघ मसान्तसम्मकमा १४ निर्जीवन बीमा कम्पनीहरूले सो रकम संकलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सात महिनामा ३ अर्ब १३ करोड २० रुपैयाँ संकलन गरेको छ ।
यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड ७६, सिद्धार्थ प्रिमियरको २ अर्ब ४४ करोड ७४ लाख, आइजिआई प्रूडेन्सियलले २ अर्ब २ करोड ६८ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।