काठमाडौं, ८ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव १४ अङ्कले घटेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ४३ दशमलव ७४ को विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ११.९१ अङ्कले बढेको नेप्से २७३९ को विन्दुमा थियो ।
आज रकम पनि घटेको छ । मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ५६ लाख ३७ हजार ६ कित्ता शेयर ८६ हजार २२३ पटक किनबेच भएको छ ।
बिहीबार ३०९ धितोपत्र कारोबारमा आए, जसमध्ये १५८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८१ धितोपत्रको मूल्य बढेको छ भने ५६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । यस दिन व्यापार समूहको उपसूचक सर्वाधिक ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमाको २.४२, निर्जीवन बीमाको ०.६३ र अन्य समूहको उपसूचक ०.५७ प्रतिशतले बढेको छ ।
आज उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ०.८४ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको ०.७५, बैंकिङको ०.५५, विकास बैंकको ०.५२, म्युचुअल फन्डको ०.४१, लगानी समूहको ०.३७, माइक्रोफाइनान्सको ०.३०, होटल एन्ड टुरिजमको ०.३१ र फाइनान्स समूहको उपसूचक ०.१४ प्रतिशतले घटेको छ ।
बिहीबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१०, सगरमाथा लघुवित्तको ६.५२ र नारायणी डिभलपमेन्ट बैंकको ५.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज बाराही हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.३५ प्रतिशतले घटेको छ । त्यस्तै गरिमा समृद्धि योजनाको ७.७०, भूगोल इनर्जीको ५.७८, दिव्यश्वरी हाइड्रोपावरको ४.१२ र उन्नती सहकार्य लघुवित्तको ३.७८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि छन् ।