काठमाडौं, ६ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९१ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । सोमबार १० अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १० अर्ब ४३ करोड ७० लाखको कारोबार भएको छ । यस दिन १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक किनबेच भएको छ ।
मंगलबार ३०२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७६ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक घटेको छ । यस दिन अन्य समूहको उपसूचक सर्वाधिक ३.६८ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा समूहको उपसूचक १.७४, लगानी समूहको १.२४, व्यापार समूहको ०.४१, निर्जीवन बीमाको ०.३०, बैंकिङको ०.२२ र हाइड्रोपावरको ०.०३ प्रतिशतले बढेको छ ।
आज विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै १.७४ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको १.५०, होटल एन्ड टुरिजमको १.०४, माइक्रोफाइनान्सको ०.७९, उत्पादनमुलक समूहको ०.०६ र म्युचुअल फन्डको उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।
मंगलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त र इमर्जिङ नेपाल रहेका छन् । त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ९.९९, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७.३४, इस्टर्न हाइड्रोपावरको ७.२६, हिमालयन रि– इन्स्योरेन्सको ६.८५ र रावा इनर्जी डिभलपमेन्टको ५.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जीको ८.९५, एक्सल डेभलपमेन्टको ५.९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८४ प्रतिशतले शेयर मुल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स क्रमश अगाडि छन् ।