राष्ट्र बैंकले २५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

अनलाइनसमय |
२५ माघ २०८१
राष्ट्र बैंकले २५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा सो रकम निक्षेपका रूपमा लगानी गर्न लागेको हो ।

वाणिज्य बैंकमा २० करोड, विकास बैंकमा ३ करोड ७५ लाख, र वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

मुद्दती निक्षेपका लागि २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनको समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस