काठमाडौं, २५ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५ खर्ब राजस्व संकलन भएको छ ।
अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षा अनुसार गत पुससम्ममा ५ खर्ब ६७ अर्ब ३९ करोड राजस्व संकलन भएको छ । यो अर्धवार्षिक लक्ष्यको ८४ दशमलव ३३ प्रतिशत हो । गत आवको यसै अवधिमा ५ खर्ब १५ अर्ब ३९ करोड उठाएको थियो । सरकारले २०८१ को पुससम्ममा ६ खर्ब ७२ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
समीक्षा अवधिमा भन्सार विभागतर्फ २ खर्ब २० अर्ब ३ करोड राजस्व संकलन भएको छ । सो अवधिमा आन्तरिक राजस्व विभागतर्फ २ खर्ब ६९ अर्ब ३६ करोड र अन्य राजस्वतर्फ ७० अर्ब २० करोड प्राप्त भएको छ ।