फाइनान्स उपसूचक ५.६७ प्रतिशतले बढ्दा पनि नेप्सेमा ४.४५ अङ्कको ह्रास

अनलाइनसमय |
२३ माघ २०८१
फाइनान्स उपसूचक ५.६७ प्रतिशतले बढ्दा पनि नेप्सेमा ४.४५ अङ्कको ह्रास

काठमाडौं, २३ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ४५ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ सय ११ दशमलव ४५ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक १४ दशमलव ०८ प्रतिशतले घटेर २ हजार ७ सय १५ को विन्दुमा कायम भएकोे थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर ९० हजार ७५२ पटक किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार ३०९ धितोपत्र कारोबारमा आए, जसमध्ये १२२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११३ धितोपत्रको मूल्य बढेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ५.६७ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फन्डको ०.९०, निर्जिवन बीमाको ०.१९, हाइड्रोपावरको ०.०४ र अन्य समूहको उपसूचक ०.२८ प्रतिशतले बढेको छ ।

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको ०.९१, उत्पादनमुलकको ०.८१, होटल एन्ड टुरिजमको ०.४८, जीवन बीमाको ०.३१, बैंकिङ र माइक्रोफाइनान्सको समान ०.२६ र लगानी समूहको उपसूचक ०.२४ प्रतिशतले घटेको छ ।

बुधबार उपकार लघुवित्त वित्तीय संस्था र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको ९.९९, पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९.०१, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.०२ र प्रोग्रेसिभ फाइनान्सको ७.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशीको ५.६०, ङादी हाइड्रोपावरको ५.५६, ग्रीन डिभलपमेन्ट बैंकको ४.८२ र सप्तकोशी विकास बैंकको ४.०८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र हिमालय ऊर्जा विकास कम्पनी क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस